नागरिक समूहको अध्यक्षमा काभ्रेका जयराम सिग्देल निर्वाचित हुनुभएको छ । आज काठमाडौंमा भएको कार्यक्रममा सिग्देल अध्यक्षमा निर्वाचित हुनुभएको हो । सिग्देल बिभिन्न सामाजिक काममा सक्रिय ब्यक्ति हुनुहुन्छ ।
नागरिक समूहको उपाध्यक्षमा बाबुराम आचार्य, महासचिब कृष्ण प्रसाद पौडेल ,सचिव रविन कटवाल र कोषाध्यक्ष मधुसुदन पाठक निर्वाचिन हुनुभएको छ ।
यसअघि नागरिक समूहको अध्यक्षमा निगम हुमागाईं हुनुहुन्थ्यो । हुमागाईंले ८ वर्ष नागरिक समूहको नेतृत्व गर्नु भएको थियो । नेतृत्व हस्तान्तरण गर्दै हुमागाईंले नागरिक समूहलाई स्थापित गर्दै देश तथा विदेशमा चिनाउन योगदान गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
नागरिक समूहले युवाहरूलाई नागरिक अभियानमा आबद्व गराउने काम गर्दै आएको छ । त्यस्तै राष्ट्रियता, सुशासन, लोकतन्त्र, भ्रष्टाचार नियन्त्रण, सिमा समस्या समाधान लगायत देश र आम नागरिकको समग्रमा स्वाभिमान सहितको राष्ट्रिय सम्वृद्विका लागी संस्थागत आवाज उठाउँदै आएको छ ।
Facebook Comments