एमाले काभ्रेको बैठक सुरु भएको छ । बनेपामा सुरूमा बैठकलाई सम्बोधन गर्न एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल र केन्द्रीय सदस्य विरोध खतिवडा आइपुग्नु भएको छ ।
बैठकमा नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष टोक बहादुर वाईबा, सदस्य बसुन्धरा हुमागाई र मुकुन्द गौतम छन् । बैठकमा नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित ५९ सदस्य अनुपस्थित छन् ।
एमाले काभ्रेको नवौँ जिल्ला अधिवेशनबाट ६३ सदस्य जिल्ला कमिटी गठन भएको थियो । जस मध्ये हरिदेव गिरीको नि’धन भएपछि ६२ सदस्य मात्रै छ । त्यसमा पनि माधब कुमार नेपाल समूहका तीन जना मात्रै छन् ।
यस अघि असार २३ गते बनेपा पार्टी कार्यालयमा ओली समूहको बैठक बसेको थियो । बैठकले पार्टी सदस्यता नवीकरण गर्ने र नयाँ सदस्य थप्ने गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि माधब नेपाल समूहले असन्तुष्टी जनाउँदै आएको थियो ।
Facebook Comments