Monday, June 27, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अर्थतन्त्र

मण्डनदेउपुर बृहत सुख्‍खा क्षेत्र खानेपानी आयोजना सम्पन्न गर्न त्रिपक्षीय सम्झौता

मिलिजुली खबर by मिलिजुली खबर
११ महिना अगाडि
in अर्थतन्त्र, गृहपृष्ठ, समाचार, समाज
मण्डनदेउपुर बृहत सुख्‍खा क्षेत्र खानेपानी आयोजना सम्पन्न गर्न त्रिपक्षीय सम्झौता
Spread the love
    

काभ्रेको मण्डनदेउपुर नगरपालिकामा सञ्चालन हुने ‘मण्डनदेउपुर बृहत सुख्‍खा क्षेत्र खानेपानी आयोजना’ सम्पन्न गर्न त्रिपक्षीय सम्झौता भएको छ । आज कुन्ताबेसीमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुर, मण्डनदेउपुर नगरपालिका र मण्डनदेउपुर बृहत सुख्‍खा क्षेत्र खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था वीच त्रीपक्षीय सम्झौता गरिएको हो ।

सम्झौता पत्रमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरको तर्फबाट आयोजना प्रमुख राजेन्द्र श्रेष्ठ, मण्डनदेउपुर नगरपालिकाको तर्फबाट नगरप्रमुख टोक बहादुर वाईबा र मण्डनदेउपुर बृहत सुख्‍खा क्षेत्र खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको तर्फबाट अध्यक्ष राम बहादुर तामाङले हस्ताक्षर गर्नुभएको छ ।

यो खानेपानी आयोजनाका लागि पहिलो चरणमा ५४ करोडको ठेक्का आह्वान भैसकेको छ । गत चैतमा उक्त खानेपानी आयोजनालाई एक अर्ब स्वीकृत भएको थियो । आयोजनाका लागि नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको ९६ करोड र स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरको लगानीसहित एक अर्बको आयोजना स्वीकृत गरिएको हो ।

नगरको १२ वडामध्ये खानेपानीको समस्या झेलिरहेको ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ वडाका ५ हजार ५ सय ५ घरपरिवार लाभान्वित हुने छन् । उपभोक्ता समितिले आयोजनाका लागि स्थानीयवासीसँग प्रति उपभोक्ता एक हजार लिएको छ । नगरपालिकाले खानेपानी आयोजनाका लागि करिब एक करोड लगानी गर्ने सम्झौता गरिएको उपभोक्ता संस्थाका अध्यक्ष रामबहादुर तामाङले बताउनुभयो ।

नगरस्थित ७ नम्बर वडाको सोते र १० नम्बरको नारिमखर्क भएर बगेको इन्द्रावती नदीमा इनार बनाएर लिफ्टमार्फत नगरका बासिन्दामा खानेपानी उपलब्ध गराइने योजना बनाइएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भक्तपुरका आयोजना प्रमुख राजेन्द्र श्रेष्ठले बताउनुभयो । खानेपानी वितरणका लागि मुख्यसहित ३० ट्याङ्की निर्माण गरिनेछ ।

Post Views: 290

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा ९८ जना थपिए, ५५ जना निको भए

बेथानचोक गाउँपालिकामा भ्रष्टाचारले सिमा नाघेको भन्दै कांग्रेस कार्यकर्ताकै आक्रोश

बेथानचोक गाउँपालिकामा भ्रष्टाचारले सिमा नाघेको भन्दै कांग्रेस कार्यकर्ताकै आक्रोश

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

पनौतीमा टिपर चालक आन्दोलित, स्थानीय सरकार मौन !

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

मण्डनदेउपुर नगरपालिकाले रैथाने बालीको संरक्षणका लागि ‘बिउ बैंक’ स्थापना गर्ने

१३ असार २०७९, सोमबार
मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

मण्डनदेउपुर नगरपालिकाले नगरबासीसंग ‘नगल्ने फोहोर किन्ने’

१२ असार २०७९, आईतवार
पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

पाँचखाल–१ मा सांसद लम्सालको पहलमा यसरी स्तरोन्नती हुँदैछ सडक

१२ असार २०७९, आईतवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!