सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिका अन्तर्गत पर्ने २१ किलो देखि अत्तरपुरको सडकमै युवाहरू धान रोपेका छन् । आज युवाहरूले धान रोपेका हुन् ।
२१ किलो देखि अत्तरपुरको गुञ्जा डाँडासम्मको करिब ५ किलोमिटर सडक खण्ड चौडा गर्ने र ग्राबेल गर्ने काम पुरा नभएपछि युवाहरू सांकेतिक विरोध स्वरूप युवाहरूले धान रोपेका हुन् । अन्दरबुङ युवा क्लब, सिद्वार्थ युवा क्लब, घ्याङडाँडा युवा क्लब र दोभान युवा क्लबमा आबद्ध युवाहरूले धान रोपेका हुन् ।
पिच सहितका लागि ठेक्का सम्झौता भएपनि ठेकेदार कम्पनीले सडक भत्काएर मात्रै छोडेको छ । सडकको विजोककै कारण सार्वजनिक बस सञ्जालमा आउन सकेको छैन । बिरामीहरुलाई अस्पताल लैजान समेत निकै हम्मे हम्मे परेको छ ।
युवाहरुले यो सडक जतिसक्दो छिटो सहज बनाउन आग्रह गरेका छन् । साथै माग सम्बोधन नभए सडक छेउमा रहेको ग्राबेल आफुहरूले सडकमा बिछ्याउन बाध्य हुने युवाहरूले चे’तावनी दिएका छन् ।
Facebook Comments