काभ्रेको पनौती नगरपालिकाले सातौं नगरसभाले पारित गरेको निर्णय कार्यान्वयनमा ल्याएको छ । नगरपालिकाले अभिभावक बिहीन बालबालिकाहरुको लागि आर्थिक सहयोग प्रदान गरेर निर्णय कार्यान्वयनमा ल्याएको हो ।
अभिभावक बिहीन बालबालिकालाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय २०७७ असार १० र ११ गतेको सातौं नगर सभाले पारित गरेको थियो । नेपाल सरकारबाट प्राप्त ससर्त अनुदान कार्यक्रम अन्तर्गत अभिभावकविहिन बालबालिकालाई नगरप्रमुख भिम न्यौपाने र उपप्रमुख गीता बञ्जाराले आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।
प्रति ब्यक्ति, प्रति महिना २ हजारका दरले बार्षिक २४ हजार रूपियाँ प्रदान गरिएको नगरप्रमुख न्यौपानेले बताउनुभयो । आज ४ जना अभिभावक बिहीन बालबालिकालाई नगद प्रदान गरिएको हो ।
Facebook Comments