माधब कुमार नेपालको पकट मानिदिएको सिन्धुपाल्चोकको मेलम्चीमा एमालेका युवा र विद्यार्थीले पुत्ला दहन गरेका छन् । मेलम्ची बजारमा रास्ट्रिय युबा संघ नेपाल सिन्धुपाल्चोक र अनेरास्ववियु सिन्धुपाल्चोकले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा र माधब कुमार नेपालको पुत्ला दहन गरेका हुन् ।
उनीहरूले प्रधानन्यायाधीश राणा र माधब कुमार नेपाल बिरूद्ध चर्को नारा लगाएका थिए । ओली सरकारले बिघटन गरेको संसदलाई पुनःस्थापना गर्दै कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बन्न असार २८ गते प्रधानन्यायाधीश राणाको संबैधानिक इजलासले परमादेश जारी गरेपछि एमालेका युवा र विद्यार्थी आ’न्दोलनमा उत्रिएका छन् ।
मेलम्चीका युवाले माधब कुमार नेपाललाई गद्दारीको संज्ञा दिँएका छन् । मेलम्चीका युवा र विद्यार्थीले पार्टी एकताको नाम माधब कुमार नेपालसंगै पार्टीमा बस्न नसक्ने बताएका छन् । उनीहरूले प्रधानन्यायाधीश राणा विरूद्ध पनि नारा लगाएका थिए ।
युवा र विद्यार्थीको शान्तिपूर्ण मसाल जु’लुस र पुत्ला दहन कार्यक्रममा प्र’हरीले हस्तक्षेप गरेको थियो । प्र’हरीले युवा र विद्यार्थीको हातबाट पुत्ला र मसाल खोसेको थियो । एमाले सर्वोच्च अदालतको फैसलाको वि’रूद्धमा देश ब्यापी भण्डाफोर अभियान चलाउने निर्णय गरिसकेको छ ।
Facebook Comments