ट्रकमा लिफ्ट दिने बाहनामा १९ वर्षीया महिलालाई ब’लात्कार गरेको आरोपमा २ जनालाई प्र’हरीले प’क्राउ गरेको छ । प’क्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका २१ बस्ने ३० वर्षीय सुनिल महत्तो र पोखरिया नगरपालिका ६ बस्ने २५ वर्षीय शिववालक महत्तो रहेका छन् ।
काठमाडौं कलंकीबाट असार २७ गते विहान बुटवल जान २ वर्षीय छोरा सहित ना ५ ख २८७० नम्बरको ट्रकमा गएकी थिइन् । तर नारायणगढ मुग्लिन सडकमा जाममा परेपछि ट्रक चालक सुनिलले ट्रकभित्रै ब’लात्कार गरे । र उनलाई सोही ट्रकमा चितवन रामनगरसम्म ल्याई असार २९ गते दिउँसो पुन ना ६ ख ३३६९ नम्बरको ट्रकमा चढाइ पठाएको खुल्न आएको छ ।
साथै उक्त ना ६ ख ३३६९ नम्बरको ट्रकका चालक शिववालकले वुटवल जाने भनि वीरगंजतर्फ लगि शिववालक, सोही ट्रकका सहचालक र अर्को एक व्यक्ति समेतले पटक-पटक ब’लात्कार गरेर असार ३० गते वीरगंज महानगरपालिका १७ स्थित ड्राईपोर्टमा ओराली अलपत्र पारी छोडेर फ’रार भएका थिए ।
महिलालाई अलपत्र अवस्थामा प्र’हरी चौकी सिर्सियाबाट गस्तीमा खटिएको प्र’हरीले उ’द्दार गरेको थियो । उनलाई जिल्ला प्र’हरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान गर्ने क्रममा दुवै ट्रक चालक लगायतका व्यक्तिहरुले ब’लात्कार गरेको खुलेपश्चात उनीहरुलाई प’क्राउ गरेको हो ।
घट’नामा संलग्न अन्य २ जना फ’रार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अ’नुसन्धान भइरहेको जिल्ला प्र’हरी कार्यालय पर्साले जनाएको छ ।
साभार: नेपाल प्रेस
Facebook Comments