काभ्रेको धुलिखेल नगरपालिकाले राजस्व संकलन गर्दा आईपरेका समस्याका वडा सचिव सचिवहरूको गुनासो सुनेको छ । आज नगरपालिकाको कार्यालयमा वडा सचिवहरू र उपप्रमुख एवं राजश्व परामर्श समित संयोजक बिमला अन्तरक्रिया भएको हो ।
अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका लेखा र राजश्व शाखाले वडा सचिवले भोगेका समस्या सुन्दै समाधानका उपाय बताएका थिए । नगरपालिकाले नगरबासीलाई सजिलो होस् भन्ने उद्देश्यले वडाबाटै कर तिर्न सक्ने ब्यवस्था गरेको छ । त्यसै मोबाइल एप्प समेत प्रयोगमा ल्याएको छ ।
नगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ का लागि राजश्व संकलनका लागि प्रयोग गरिएको सफ्टवेयर अद्यावधिक गर्ने काम पनि धमाधम गरिरहेको प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले जानकारी दिनुभयो । अब ५ दिन सफ्टवेयर अद्यावधिक गर्नुपर्ने भएकाले राजश्व संकलनको काम बन्द गरिऐको छ ।
नयाँ आर्थिक वर्षका लागि नयाँ सफ्टवेयर राख्नु पर्ने भएकाले ५ दिन राजश्व संकलन नहुने प्रमुख प्रशासकीय अधिकृत लुइँटेलले बताउनुभयो ।
Facebook Comments