कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बस्नेतनिकट सिन्धुपाल्चोकका कार्यकर्ताले श्याम घिमिरेमाथि कुटपीट गरेका छन् ।
घिमिरे नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा क्रियाशील सदस्य छानविन समितिका सदस्य हुन् ।क्रियाशील सदस्यता छानविन कार्यदलले काम गरिरहेको गौशालास्थित नेपाल भारतमैत्री धर्मशालामा रहेका घिमिरेलाई मोहन बस्नेत निकट हरिशरण श्रेष्ठको नेतृत्वमा आएका कार्यकर्ताले गेटमा बोलाएर हातपात गरेका हुन् ।
सदस्यता विवादबारे कुरा गर्नुछ भनेर गेटमा बोलाएपछि उनीमाथि हातपात भएको र अहिले धर्मशालाभित्रै आराम गरिरहेको स्रोतले जनाएको छ । हातपातमा उत्रिने बस्नेत समर्थक र घिमिरे दुवै कांग्रेसभित्र शेरवहादुर देउवानिकट मानिन्छन् ।
घिमिरेमाथि कुटपिट भएपछि क्रियाशील सदस्यता छानविन कार्यालय परिसरमा सुरक्षाकर्मी बढाइएको छ ।
Facebook Comments