नेकपा एमाले सिन्धुपाल्चोकका युवा र विद्यार्थीले माधव नेपाल र प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाको पुत्ला जलाएका छन् । रास्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोक र अनेरास्ववियु सिन्धुपाल्चोकले खाडीचौर बजारमा नेपाल र शम्सेरको पुत्ला दहन गरेका हुन् ।
सर्बोच्च अदालतको असंवैधानिक फैसलाको विरोधभा युवा र विद्यार्थीले मसाल जुलुस सहित नेपाल र शम्सेरको पुत्ला दहन गरेका हुन् । युवा र विद्यार्थीले माधव नेपालकै आफ्नै दलको सरकार ढालेको भन्दै एमालेमा फर्कने नैतिकता गुमाएको बताएका छन् ।
युवा र विद्यार्थीले पार्टी हित बिपरीत कार्य गरेको भन्दै माधव कुमार नेपाल बिरुद्ध एमाले नेता कार्यकर्ताले ‘गद्धार माकुने एमाले छोड’ भन्दै चर्को नाराबाजी गरेका थिए ।
जुलुसमा खाडीचौर र आसपासका एक सय बढी युवा र बिद्यार्थी सहभागी थिए । कार्यक्रममा बलेफी र सुनकोसी गाउँपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनीधिले साथ दिएका थिए ।
Facebook Comments