Saturday, January 28, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

नगरप्रमुख शेर्पा पुगे जोखिमपूर्ण बस्तीको अवलोकन गर्न

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in गृहपृष्ठ, समाचार, समाज
नगरप्रमुख शेर्पा पुगे जोखिमपूर्ण बस्तीको अवलोकन गर्न
Spread the love
    

सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाका नगरप्रमुख निमफुञ्जो शेर्पाले जोखिमपूर्ण बस्तीको अवलोकन गर्नुभएको छ । नगरप्रमुख शेर्पाले आज नगरपालिकाको वडा नम्बर २ स्थित बुदेपा सिम्लेको जोखिमपूर्ण बस्तीको स्थलगत अवलोकन गर्नुभएको हो ।

भौगर्भिक अध्ययन टोलीका प्रतिनिधी, उपप्रमुख सुशिला पाख्रिन र अन्य जनप्रतिनिधिलाई साथैमा लिएर नगरप्रमुख शेर्पा जोखिमपूर्ण क्षेत्रमा पुग्नु भएको थियो । बर्षासंगै जमिन भासिएपछि बुदेपा, सिम्लेको बस्ती जोखिममा परेको छ । ती क्षेत्रमा थप क्षति हुन नदिन ग्याबिन जाली वितरण गरिने नगरप्रमुख शेर्पाले बताउनुभयो ।

‘आज जोखिमपूर्ण बस्तीमा म आफै पुगेर हेरे । जिल्ला प्रकोप ब्यवस्थापन समितिबाट पनि जाली प्राप्त भएको छ । यो जाली आवश्यकताको आधारमा वितरण गरेर थप क्षति हुन नदिन नगरपालिकाले काम सुरू गर्ने छ, नगरप्रमुख शेर्पाले भन्नुभयो ।’

बाह्रबिसे नगरपालिकाले विभिन्न संघसंस्थाको आर्थिक सहयोगमा जोखिमपूर्ण क्षेत्रको भौगर्भिक अध्ययन समेत गरिरहेको छ । ‘अहिले नगरपालिकाभित्र भौगर्भिक अध्ययनको काम लगभग अन्तिम चरणमा पुगेको छ । अध्ययनको रिपोर्ट आउन केहि समय कुर्नु पर्ने हुन्छ । तर अहिले तत्कालै जोखिममा परेका बस्तीलाई जोगाउन आवश्यक छ । अहिले नगरपालिका त्यसैमा केन्द्रित छ, नगरप्रमुख शेर्पाले भन्नुभयो ।’

बाह्रबिसे नगरपालिकाले अघिल्लो बर्ष बाढी र पहिरोका कारण ठूलो क्ष’ति बेहोरेको थियो । ‘हामीले अघिल्लो बर्षको जस्तै क्ष’ति बेहोर्नु नपरोस् भनेर, यो पटक अति जोखिममा रहेका घरपरिवारलाई बेलैमा सुरक्षित स्थानमा सारिसकेका छौँ, नगरप्रमुख शेर्पाले भन्नुभयो ‘भौगर्भिक अध्ययनको प्रतिवेदन आएपछि सुरक्षित बस्ती निर्माणमा नगरपालिका लाग्नेछ ।’

प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रकोप ब्यवस्थापन समितिका संयोजक अरूण पोखरेलले नगरपालिकाको विपद् ब्यवस्थापनमा निकै सहयोग गरेको नगरप्रमुख शेर्पाले बताउनुभयो । टेण्ट, त्रिपाल, जस्तापाता लगायत विपद् ब्यवस्थापनका लागि आवश्यक सामग्री उपलब्ध गराउन प्रजिअ पोखरेलले तत्काल उपलब्ध गराएर सहयोग गरेको नगरप्रमुख शेर्पाले बताउनुभयो ।

‘नगरपालिकाको विपद् ब्यवस्थापनमा प्रजिअ पोखरेलले धेरै सहयोग गर्नुभएको छ । जसले हामीलाई पनि हौसला मिलेको छ । सामग्री उपलब्ध गराउन देखि जोखिमपूर्ण घरपरिवारलाई सुरक्षित स्थानमा सार्न समेत निकै उल्लेखनीय सहयोग पाएका छौँ, नगरप्रमुख शेर्पाले भन्नुभयो ।’

Post Views: 618

Spread the love
    

Facebook Comments

Next Post
मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर ६ शिल, पालिकाको सबै सेवा पुन: स्थगित

मण्डनदेउपुर नगरपालिकाका ग्रामीण सडकमा टिपर र ट्याक्टर चलाए जरिवाना

बाँके र बर्दियामा आज मध्यरातिदेखि निषेधाज्ञा

काभ्रेमा साउन १० गतेसम्म नि'षेधाज्ञा थप

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
एसईई तालिका सार्वजनिक

एसईई तालिका सार्वजनिक

१४ माघ २०७९, शनिबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

जिसस काभ्रेले बोलायो क्रसर तथा खानी उद्योग व्यवसायीको बैठक

१२ माघ २०७९, बिहीबार
काभ्रेमा कसले चलाईरहेको अवैध क्रसर र ढुंगा खानी ?

क्रसरमा रविको बादल शैली : अवैध भन्दै बन्द गराए, म्याद थपेर खुलाए

१२ माघ २०७९, बिहीबार
यस्तो हुनेछ आजको मौसम

यस्तो हुनेछ आजको मौसम

१२ माघ २०७९, बिहीबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!