काभ्रेमा कोरोना भाईरस वि’रूद्धको खोपप्रति आकर्षण ह्वात्तै बढेको छ । आज एकैदिन १० हजारभन्दा बढीले भेरोसेल नामक खोपको पहिलो डोज लगाएको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले बताउनुभयो ।
५५ बर्षमाथिकालाई आजदेखि भेरोसेल खोप लगाउन सुरू गरिएको हो । सबैभन्दा बढी बनेपा नगरपालिकामा खोप लगाएका छन् । बनेपामा ३ हजार २ जनाले एकैदिन खोप लगाएका छन् । त्यस्तै पनौती नगरपालिकामा २ हजार ७ सय १ जना खोप लगाएका छन् ।
पाँचखाल नगरपालिकामा २ हजार २ सय ३० जनाले खोप लगाएका छन् । धुलिखेल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीका अनुसार धुलिखेलमा १ हजार २ सय जनाले भेरोसेल खोप लखाएका छन् ।
मण्डनदेउपुर नगरपालिकामा ५ सय ५४ जना, नमोबुद्ध नगरपालिकामा ४८४ जना र चौरीदेराली गाउँपालिकामा २५६ जनाले खोप लगाएका छन् । अन्य स्थानीय तहहरूमा पनि खोप अभियान चलेपनि वितरण भने आईसकेको छैन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारले ५५ बर्षमाथिका सबै नागरिकलाई पहिलो डोज खोप लगाउने निर्णय गरेको थियो । त्यस्तै विश्वविद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालकले पनि खोप पहिलो डोज लगाएको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर झाले जानकारी दिनुभयो ।
त्यस्तैगरी नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा काम गर्ने ब्यक्तिले पनि पहिलो डोज लगाएका छन् । ५५ वर्षमाथिका पहिलो डोज भेरोसेल खोप लगाएका सबैले नागरिकले दोस्रो डोज पनि लगाउन पाउने बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर झाले बताउनुभयो । गाउँपालिका र नगरपालिकाको खोप केन्द्र तोकेर खोप लगाएका थिए ।
Facebook Comments