नेपाली काँग्रेस १४ औँ अधिवेशनमा होमिएको छ । वडादेखि केन्द्रसम्म उम्मेदवारको चर्चा निकै बढेको छ । काभ्रे काँग्रेस पनि अधिवेशनको तयारीमा जुटेको छ । प्रतिनिधिहरू उम्मेदवार उम्मेदवारको खोजीमा छन् ।
बनेपा नगरसभापतिमा पनि यो पटक कडा प्रतिस्पधा हुने निश्चित छ । बनेपा काँग्रेसको नगरसभापतिमा बनेपा बोइज क्लबका अध्यक्ष एवम नेपाली काँग्रेस बनेपा नगर सचिव महेश कर्माचार्यले पनि दाबेदार प्रस्तुत गर्नुभएको छ ।
कर्मचार्यको राजनितिक यात्रा
दुई दशकदेखि राजनितिक क्षेत्रमा परिचित नाम हो, महेश कर्माचार्य । २०४६/२०४७ सालमा नेपाल विद्यार्थी संघ, काभ्रे बहुमुखी क्याम्पसमा सचिब भइ बिद्यार्थीहरुको हकहितको लागी लडेका थिए । २०५४ सालमा नेपाल तरुण दल बनेपा नगर समितिमा सचिव भइ जनताको सेवा गरेका थिए भने नेपाली काँग्रेसको १२ औँ महाधिवेशनबाट नेपाली काँग्रेस बनेपा नगर समितिको सचिव पदमा निर्बिरोध निर्वाचित भइ कार्यकाल अवधिभर बनेपा नगर बासिको काम गर्न लागी परेका थिए ।
त्यसका साथै २०७० सालको संबिधान सभाको चुनावमा नेपाली काँग्रेस बनेपा नगरपालिकाको लागी प्रचारप्रसार समितिका संयोजक भइ काम गरेका थिए । त्यस लगतै नेपाली काँग्रेसको १३ औँ महाधिवेशनबाट नेपाली काँग्रेस बनेपाको सचिव पदमा निर्बिरोध निर्वाचित भइ हाल सम्म कार्यरत छन् ।
१३ औं महाधिवेशन पश्चात् नेपालमै पहिलो पटक देश भरका नगरसभापतिहरुको सम्मेलन सफलतापुर्बक सम्पन्न गर्न सम्पुर्ण आफ्नो भुमिका कर्माचार्यले निर्वाह गरेका थिए ।
कर्मचार्यको सामाजिक क्षेत्रमा योगदान
कर्माचार्यले राजनितिक क्षेत्रसँगै सामाजिक क्षेत्रमा पनि ठूलो योगदान गरेका छन् । कोरोना महामारीको समयमा उनले फुड बैँक नै स्थापना गरी झण्डै ८ सय भन्दा बढि परिवारलाई खाद्यान्न वितरण गरे ।
कोरोना कहरको पहिलो लहरमा लगातार ४८ दिनसम्म दैनिक १५० देखि २०० जना रोजगार गुमाएर अप्ठ्यारोमा परेकालाई दिनको १ छाक खाना खुवाउने व्यवस्था कर्माचार्यले नै गरेका थिए । कर्माचार्यले २०७२ साल बैशाख १२ गतेको बिनाशकारी भुकम्पबाट पीडित काभ्रे र सिन्धुपाल्चोकका जनताहरुको घर दैलोमा पुगी राहत पनि वितरण गरेका थिए ।
खेलकुद क्षेत्रको विकासमा कर्मचार्य
महेश कर्मचार्य बनेपा र काभ्रेकै नाम उच्च राख्न बनेपा ब्वाइज क्लबको अध्यक्ष हुन् । उनको नेतृत्वमा रहेको क्लबले राष्ट्रिय स्तरीयमा फूटबल प्रतियोगिता बिबिसी बनेपा कपका विभिन्न संस्करणहरु पटक पटक संचालन गर्दै आएका छन् ।
विभिन्न जिल्लामा हुने राष्ट्रिय स्तरीयका फुटबल प्रतियोगिताहरुमा बनेपाको इज्जत रहने गरी सहभागी जनाएको र आगामी दिनमा बनेपालाई फुटबलको राष्ट्रिय लिगमा पुर्याउन उदेश्यले बिगत १२ वर्षदेखि निरन्तर लागी रहेका छन् ।
संस्कृति, सम्पदा, रितिरिवाजको संरक्षणमा कर्मचार्यको प्रयास
महेश कर्मचार्यले बनेपा सांस्कृतिक सम्पदा रितिरिवाज बारेमा समग्र नेपालीहरुलाई जानकारी दिनुका साथै नयाँ कलाकारहरुलाई आफ्नो प्रस्तुति दिन मञ्च प्रदान गर्दै आएका छन् । बनेपाको कला, संस्कृति र रहनसहनलाई आम मानिसलाई प्रदर्शन गर्ने उद्देश्यले बनेपा महोत्सवको विभिन्न संस्करणहरु सफलतापुर्वक आयोजना गर्दै आएका छन् ।
महेश कर्माचार्यले काभ्रे उद्योग बाणिज्य संघ बनेपा संयोजक, काभ्रे जिल्ला फुटबल संघको उपाध्यक्ष, टिम बिबिसी संयोजक, लायोँस क्लब अफ काभ्रेको अध्यक्ष, सल्लाहकार र धेरै वटा राष्ट्रिय स्तरका संघ संस्थाहरुको सल्लाहकारको रुपमा काम गरिसकेका छन् ।
Facebook Comments