काभ्रेको पनौती नगरपालिकाले प्रत्येक महिनाको १ दिन अपाङ्ग परिचयपत्र वितरण गर्ने भएको छ । यो नियम आगामी साउन महिना देखि लागु हुने प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्लेले जानकारी दिनुभयो ।
प्रशासकीय अधिकृत वाग्लेले आज एक सूचना जारी गर्दै आगामी असार महिनादेखि महिनाको एक दिन अपाङ्ग परिचय पत्र वितरण हुनु बताउनुभएको हो । अब हरेक महिनाको १७ गते अपाङ्गता भएका ब्यक्तिले परिचयपत्र लिन पाउने छन् ।
नगरपालिकाले यसअघि प्रत्येक महिनाको २ र १७ गते वितरण गर्दै आएको थियो ।
Facebook Comments