काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ११ का किसानलाई अनुदानमा कृषि सामग्री वितरण गरिएको छ । वडाका किसानलाई आज कृषि सामग्री वितरण गरिएको वडाध्यक्ष मिलन लामाले जानकारी दिनुभयो ।
मकै कृषि पकेट क्षेत्र अन्तर्गत ५० प्रतिशत अनुदानमा आधुनिक कृषि सामग्री वितरण गरिएको हो । वडाका १२ जना किसानलाई ट्याक्टर, ७ जनालाई मकै छोडाउने मेसिन र २३ जनालाई स्प्रे मेसिन वितरण गरिएको वडाध्यक्ष लामाले बताउनुभयो ।
कृषि औजारले किसानको लागतमा कमी आउने र उत्पादन बृद्धि गर्न ठूलो सहयोग पुग्ने वडाध्यक्ष लामाको भनाई छ । कृषि औजार पाएपछि किसान खुशी देखिन्थे ।
रोशी गाउँकार्यपलिकाले बिपि राजमार्गको दायाँ बायाँ वडा नं ७, ९, ११ को फाँटलाई मकै पकेट क्षेत्र रुपमा प्रस्ताव गरेको हो । जस अन्तर्गत ६ सय रोपनी खेतमा कटुन्जे , चारसय, मंगलटार, बगुवा फाँट डालाबेसी, पिप्ले र माम्ति फाँट पर्दछ ।
Facebook Comments