काभ्रे कांग्रेसका प्रवक्ता महेश पौडेलले पार्टी कार्यालयभित्र गरेको रूद्री पुजापाठले चर्चा पाएको छ । असार १६ गते नवनिर्मित जिल्ला पार्टी कार्यालयमा सर्ने क्रममा प्रवक्ता पौडेल आफैले रुद्री पाठ गर्नुभएको थियो ।
प्रवक्ता पाैडेलले पुजा आशनमा जिल्ला सभापति मधु अाचार्य र सचिब बिदुर बन्जारालाई राखेर रुद्री गरेको भिडियोमा देख्न पाईन्छ । पण्डितकै बस्त्रमा रहनुभएका प्रवक्ता पौडेलले जिल्ला सभापति मधु अाचार्य र सचिब बिदुर बन्जारालाई पुजा अाशनमा गराउनु भएको हो ।
नयाँ भवनको एउटा कोठामा निकै कम मानिसको उपस्थितमा रुद्री गरिएको देखिन्छ । औपचारिक कार्यक्रम सुरु हुनुभन्दा अघि नै रुद्री गरिएको हो । प्रवक्ता पौडेल नेपाल पत्रकार महासंघ काभ्रे शाखाको पूर्व सभापति समेत हुन् ।
कांग्रेस काभ्रेले असार १६ गतेलाई ऐतिहासिक दिन समेत भनेको छ । जिल्ला पार्टी कार्यालय लामो समय भाँडाको घरबाट चल्दै आईरहेकोमा आफ्नै भवनमा सर्न पाउँनु ऐतिहासिक रहेको सभापति आचार्यले बताउनुभएको थियो ।
Facebook Comments