उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपालको पहलमा बन, वातावरण, संस्कृती पर्यटन, भू-संरक्षण, उद्योग लगाएतका क्षेत्रको संरक्षण, प्रबर्दन र बिस्तारको लागि ३२ करोड ४४ लाख ७२ हजारको कार्यक्रम कार्यान्वयन हुने भएको छ । यी कार्यक्रम आगामी आर्थिक वर्ष २०७८/७९ मा कार्यान्वयनमा आउने छ ।
राष्ट्रिय वन व्यवस्थापन तर्फ
१.सामुदायिक वनमा फलफुल विरुवा रोपण क्षेत्रमा हेरालु (असार महिनाको लागि-उपसमूह बनाई कबुलियतनामा गरी-कम्तिमा ५ हेक्टर एकै स्थानमा वा २ हजार वटा फलफुलको बिरुवा वृक्षारोपणको लागि )
२. पकेट क्षेत्र बाँसको कटिङ्ग रोपण (कम्तीमा २ हजार कटिङ्ग विरुवा एकै स्थानमा)
३. वहुमुल्य प्रजातीको साविकको विउ स्ट्याण्डको व्यवस्थापन गरी बीउ संकलन र भण्डारण (कम्तीमा ०.५ हे.)
४.नदी उकास जग्गामा खनजोत गरी बीउ छर्ने (मरिण, भिमान, दुधौली, कमलामाई, राप्ती, ईन्द्रावती, तामाकोशी, सुनकोशी, बागमती)
५.वनक्षेत्रभित्रको खहरे खोल्सामा वाँस राइजोम वृक्षारोपण (खरिद तथा रोपण, एउटा खहरेमा कम्तीमा २०० विरुवा)
६.अतिक्रमण हुन सक्ने संवेदनशील वन क्षेत्रमा वन क्षेत्रको जग्गा छुट्याई फलफूल वृक्षारोपण हेज निर्माण (प्रति कि.मि. कम्तिमा ५०० विरुवा ईमिली, हाईब्रिड अमला/बयर/जामुन/ओखर/पिकानट/मेकाडानिया)
७.वन क्षेत्रभित्र पर्ने विद्युतिय हाईटेन्सन लाईन मुनीको खाली जग्गामा फलफूल रोपण कार्यक्रम निर्माण प्रति कि.मि. कम्तिमा ५०० विरुवा (ईमिली, हाईब्रिड अमला/बयर/कागती/ओखर/पिकानट/मेकाडानिया-प्रजातीको विरुवा उपलब्ध हुने जिल्लाको दर रेट अनुसार, उल्लिखित प्रजाती मध्ये एकल जातको विरुवा/कटिङ्ग खुलाउने)
८.सामुदायिक वनमा फलफुल विरुवा खरिद र रोपण (२ हेक्टर एकै स्थानमा फलफुलको बिरुवा वृक्षारोपण तारबार सहित ) ४२०० सामुदायिक वनमा फलफुल विरुवा खरिद र रोपण/बितरण प्याकेज
९.निजि, कबुलियती वन, खोरिया फडानी र भू-संरक्षणका दृष्टिले संवेदनशील क्षेत्रलाई कृषिवनमा रुपान्तरणको लागि अमृसो रोपण (एकै स्थानमा)
१०.कवुलियती वनमा फलफुल(कागती वा जुनार मध्ये कुनै एक)वृक्षारोपण कार्यक्रम दुईवटा क्लष्टरका २० समुह
११.सम्वन्धित सवडिभिजन मार्फत कवुलियती वनमा बिउ उत्पादनका लागि घाँस/डालेघास संरक्षण तथा ब्यवस्थापन
१२.कवुलियती वन सदस्यहरुको करेसाबारीमा तरकारिको विउविजन वितरण कार्यक्रम (200 घरधुरीलाई)
१३.कवुलियती वन समूहको विधान तथा कार्ययोजना पुनरावलोकन (जीविकोपार्जन सुधार योजना समेत-मध्यवर्ती क्षेत्रमा समेत-एउटै क्लष्टरमा)
१४.कबुलियती वनको उपभोक्ता किसानको निजी जग्गामा कम्तिमा २ बर्षे फलफूल बिरुवा खरिद तथा वितरण-मध्यवर्ती क्षेत्रमा समेत(प्रति घरधुरी ५ वटा वितरण गर्ने)
१५. कबुलियती वन क्षेत्रभित्र फलफूल बिरुवा खरिद तथा रोपण मध्यपहाडमा कलमी कागती/जुनार, हाइव्रिड अमला र भित्री मधेसमा-मध्यवर्ती क्षेत्रमा समेत कलमी लिचि/इमीली (एउटै क्लष्टरमा-५ प्रतिशत भन्दा कम छत्र घनत्व भएको क्षेत्रमा)
१६.मानव वन्यजन्तु द्धन्द्ध न्यूनीकरणको लागि पहाडी क्षेत्रको व्यावसायिक फलफूल खेती निजी जग्गामा तारबार/घेरवार प्याकेज
१७ सामुदायिक वन क्षेत्र भित्र स्थानीयतहको समन्वयमा हानीकारक वन्यजन्तु पहिचान गरी आहार व्यवस्थापनको लागि वृक्षारोपण(धादिङ,रसुवा,नुवाकोट,सिंधुपाल्चोक,दोलखा,रामेछाप)
१८. समुह, नीजी क्षेत्र तथा सरकारको सहकार्यमा जडिवुटी विकास फार्म संचालन गरी जडीवुटी खेती (दोलाखा, रामेछाप,सिन्धुपाल्चोक क्लष्टर-नुवाकोट, धादिङ्ग क्लष्टर )
१९.टिमुर/अमलाको एकै स्थानको १०० रोपनी भन्दा बढी क्षेत्रफलको निजी जग्गामा जडिबुटी खेतीको लागि प्लट वृक्षारोपणको लागि विरुवा खरीद र वितरण (निजी जग्गालाई क्लष्टरीङ्ग गर्न सकिने) (कार्यविधिमा उल्लिखित लागत ईष्टिमेट बमोजिम)
२०.लौंठ सल्लाको एकै स्थानको १०० रोपनी भन्दा बढी क्षेत्रफलको निजी जग्गामा जडिबुटी खेतीको लागि प्लट वृक्षारोपणको लागि विरुवा खरीद र वितरण (निजी जग्गालाई क्लष्टरीङ्ग गर्न सकिने) (कार्यविधिमा उल्लिखित लागत ईष्टिमेट बमोजिम) प्याकेज
२१.सतुवाको एकै स्थानको ४० रोपनी भन्दा बढी क्षेत्रफलको निजी जग्गामा जडिबुटी खेतीको लागि प्लट वृक्षारोपणको लागि विरुवा खरीद र वितरण (निजी जग्गालाई क्लष्टरीङ्ग गर्न सकिने) (कार्यविधिमा उल्लिखित लागत ईष्टिमेट बमोजिम)
२२. चिराईतो एकै स्थानको १०० रोपनी भन्दा बढी क्षेत्रफलको निजी जग्गामा जडिबुटी खेतीको लागि प्लट वृक्षारोपणको लागि विरुवा खरीद र वितरण (निजी जग्गालाई क्लष्टरीङ्ग गर्न सकिने) (कार्यविधिमा उल्लिखित लागत ईष्टिमेट बमोजिम)
२३. सामुदायिक वन भित्र उप समूह बनाई कबुलियतनामा गरी एकै स्थानको १०० रोपनी भन्दा बढी क्षेत्रफलमा जडिबुटी खेतीको लागि प्लट वृक्षारोपणको लागि विरुवा खरीद र वितरण टिमुर, लौंठ सल्ला, अमला, सतुवा, चिराईतो
वातावरण तर्फ :
२३. शहरी पार्क, पिकनिक स्पट, वसपार्क तथा राजमार्गका किनारमा फोहर संकलन गर्ने बाँसको डोको राख्न फलामको गार्ड निर्माण र स्थापना
२४.शहरी पार्क, पिकनिक स्पट, वसपार्क तथा राजमार्गका किनारको फोहर संकलन गर्न बाँसको डोको वितरण
२५.प्रदूषण नियन्त्रण, वातावरण संरक्षण तथा वातावरणीय प्रतिवेदन कार्यान्वयनको स्थलगत अनुगमन तथा नियमन प्याकेज
२६.वन क्षेत्रको नदिजन्य पदार्थको दोहन रोक्न जि.स.स.,स्थानिय तह र स्थानिय प्रशासन संग समन्वय बैठक
२७.भोटे कोशी, सुन कोशी, तामा कोशी, त्रिशुली, राप्ति र इन्द्रावति नदि जलासयहरुमा जलचर संरक्षणका लागि नदि सरसफाइ तथा जनचेतना मूलक प्रचार प्रसार
२८. स्थानिय तह र प्रदेश सरकारको सहकार्यमा सडक आसपासका क्षेत्रमा प्लास्टिक लगायतका फोहर सरसफाइ तथा ब्यवस्थापन क्याम्पियन(पूर्व पश्चिम राजमार्ग, अरनिको राजमार्ग, पृथ्वी राजमार्ग, हुमाने भैसे सडक खण्ड)
२९.नदि जन्य पदार्थमा आधारित उद्योगको वातावरणीय अध्ययन प्रतिवेदनको अनुगमन तथा प्रतिवेदन तयारी
३०.स्थानीय तहको सहकार्यमा वनको पत्कर लगायतका फोहोर प्रशोधन प्लाण्ट स्थापना र सञ्चालन
३१.केन्द्रिय नर्सरी स्थापना/मर्मत (उत्पादन क्षमता कम्तिमा २५ हजार, तोकिएको मापदण्ड अनुसार)
३२.केन्द्रिय तथा हाईटेक नर्सरीमा बहुवर्षीय विरुवा उत्पादन, (२०० गेजको कम्तिमा ४.७ इन्ज साइजको पोली थैलामा अर्नामेन्टल र फलफूल प्रजाति )
३३. केन्द्रिय तथा हाईटेक नर्सरीमा गत आवमा उत्पादन भएका बहु वर्षीय विरुवाहरुको संरक्षण
३४.विद्यालयको जग्गामा वृक्षारोपणको लागि फलफुल विरुवा खरीद गरी वृक्षारोपण प्रति विद्धालय कम्तीमा १०० गोटा हुने गरी
३५.सहिद गंगा बहादुर सुवेदी वन पार्क अधुरो कार्य सम्पन्न गर्ने, बाह्रबिसे न.पा.-९ सिन्धुपाल्चोक
३६.खस्रे अधुरो पार्क निर्माण, जुगल गा.पा.-१, सिन्धुपाल्चोक प्याकेज
३७.प्यारछोवा डाँडामा पिकनिक स्पाँट पार्क निर्माण, त्रिपुरासुन्दरी गा.पा.-५, सिन्धुपाल्चोक
३८.स्थानीय तह र प्रदेश सरकारको ५० / ५० प्रतिशत लागत साझेदारी तथा सम्बन्धित सब डिभिजनको प्राबिधिक सहयोगमा एक स्थानिय तह एक नर्सरी संचालन तथा विरुवा उत्पादन(नयाँ नर्सरी निर्माण, नर्सरी नाइके, विरुवा उत्पादनका लागि चाहिने सामाग्री)(स्थानिय तहको इच्छाएको र वन प्राविधिको सिफारिस बमोजिमको प्रजाति मात्र)(२०००० गोटा)
३९.ककलिङ पोखरी पुर्नस्थापना तथा पार्क निर्माण, लिसंखुपाखर-७ सिन्धुपाल्चोक
४०.पानी अभाव क्षेत्रमा Rain water harvesting का लागि संरचना निर्माण २ वटा
भू-संरक्षण तर्फ :
४१.सुनकोशी नदी नियन्त्रण बलेफी ८
४२.अमलटार बस्ती संरक्षण अधुरो बलेफी ७
४३.फेदी खेत भुसे खोला नियन्त्रण सुनकोशी ३
४४.भोटेकोशी नदी नियन्त्रण बाह्रबिसे न पा ९
४५.खाडीचौर बजार संरक्षण बलेफी ७
४६.कालीमाटी पहिरो नियन्त्रण जुगल ४
४७.ब्रम्हायणी नदि मान्जे बस्ति संरक्षण जुगल ४
४८. आर्सेपाटी बगर नदी नियन्त्रण त्रिपुरासुन्दरी ३
४९.सेराफाँट बस्ति पहिरो नियन्त्रण तथा पहिरो पन्छाउने काम चौ सा गढी २
५०.तिपेनी बजार संरक्षण, पाँचपोखरी ७ र ८
५१.पहिरो नियन्त्रण, भोटेकोशी गा.पा. २
५२.तातापानी भैरवकुण्ड खोला, लार्चा वस्ती संरक्षण, भोटेकोशी गा.पा.
५३.ईन्द्रवती माझीवस्ती, वेशी वगर संरक्षण, ईन्द्रवती ११
५४.कर्कले पहिरो नियन्त्रण, बलेफी १
५५.सिउरेनी सिँचाई कुलो मर्मत, हेलम्बु ६
५६.गोरीखोला थापाटार सिचाई कुलो मर्मत, हेलम्बु ६
५७.पछाप खोला सिँचाई कुलो मर्मत, ईन्द्रवती १ बसेरी
५८.सिस्नेरी खोला कोईराले सिँचाई कुलो मर्मत तथा मुहान संरक्षण, सुनकोशी ७
संस्कृती पर्यटन तर्फका कार्यक्रमहरु :
५९.स्थानीय तहसँगको साझेदरीमा मिनी बन्जी जम्प स्पट निर्माण, बलेफी-५, सिन्धुपाल्चोक
६०.बौद्ध स्तुपा निर्माण, सुनकोशी २, भञ्ज्याङ्ग ठोकर्पा, सिन्धुपाल्चोक
६१.गौखुरेश्वर महादेव जीर्णोद्धार र सिढीं बाटो निर्माण, सुनकोशी ७ जामुने
६२.फलाटेश्वर महादेव मन्दिर परिसर सुधार, बलेफी ५ प्याकेज
६३.तामाङ संग्राहालय भौतिक पूर्वाधार निर्माण, लिसङ्खुपाखर २
६४.जयबागेश्वरी मन्दिर परिसर सुधार, चौतारासाँगाचोकगढी १०
६५.सेल्ताप मन्दिर पूनर्निर्माण, बलेफी ३
६६.ईच्छोश्वर महादेव मन्दिरमा पाहुना घर निर्माण हेलम्बु- ७
६७.पेमाछाल उद्यान केन्द्र निर्माण, थाङपालकोट, पाँचपोखरी,
६८.मिलारेक्पा पर्यटन पूर्वाधार अध्ययन केन्द्र, पूर्वाधार निर्माण, हेलम्बु १
६९.ङग्युर थेगक्षोग हेसाल किल्गुङ लिङ (जम्दार) गुम्बा मेलम्ची ११,
७०.बुंगाथली पार्क निर्माण, त्रिपुरासुन्दरी, २ बुंगाथली
७१.काग्यु उर्गेन बुद्ध गुम्बा अधुरो पूर्वाधार निर्माण, जुगल ४
७२.भूमिडाँडा खेलमैदान पर्यटकीय पार्क, इन्द्रावती गापा-२,
७३.घुँडे बुद्धपार्क अधुरो कार्य सम्पन्न बानपा -८, सिन्धुपाल्चोक
७४.घुम्थाङ पुरानो ब्यारेक ऐतिहाँसिक टुँडीखेल व्यवस्थापन,सिन्धुपाल्चोक
७५.बुद्धपार्क निर्माण माथिल्लो चिमलिङ बलेफी ७, सिन्धुपाल्चोक
७६.ह्याञ्ला बुद्द पार्क निर्माण, जुगल ७ सिन्धुपाल्चोक
७७ .जुगल खस्रे पार्क सेलाङ, जुगल गापा, सिन्धुपाल्चोक
७८.जलविरे बनकाली पदमार्ग बलेफी १, सिन्धुपाल्चोक
७९.एडमण्ड हिलारी तेन्जिङ नोर्गे पदमार्ग निर्माण (लामोसाघुँबाट पेड्कु खण्ड), सुनकोशी गा.पा. ७, सिन्धुपाल्चोक
८० भयौली कुण्ड पूर्वाधार व्यवस्थापन बानपा -६, सिन्धुपाल्चोक
८१.जुगल हिमाल हिमालय पदमार्ग निर्माण, सिन्धुपाल्चोक
८२.लामो साँघु तामाखानी अधुरो पदमार्गको बाँकी कार्य सम्पन्न, बलेफी ८, सिन्धुपाल्चोक
८३.भुकम्प स्मारक भृकुटी पार्क इन्द्रवती गापा, सिन्धुपाल्चोक
८ ४.साँगाचोकगढी पूनर्निर्माण, चौतारासाँगाचोकगढी १२, सिन्धुपाल्चोक
८५.सप्तऋषि सहिद स्मृती पार्क निर्माण अधुरो कार्य सम्पन्न गर्ने, सिन्धुपाल्चोक
८६.लामोसाँघु बसन्तपुर उद्यान निर्माण, सुनकोशी ७, सिन्धुपाल्चोक
८९.जुगल हिमशिृंखला बेस क्याम्प जाने बाटो निर्माण जुगल गापा, सिन्धुपाल्चोक प्याकेज
९० गोलुडाडा भैरवकुण्ड पदमार्ग, सिन्धुपाल्चोक
९१.अरनीको राजमार्ग बालुवा कोदारी कदम्बा सिरानीचौर मूल खर्क रानी पोखरी पदमार्ग निर्माण, सिन्धुपाल्चोक
९२.हेलम्बु ग्रेट ट्रेल डिपिआर बमोजिमको निर्माण, हेलम्बु २, सिन्धुपाल्चोक प्याकेज
९३.ऊखुबारी होमस्टे पदमार्ग निर्माण, सुनकोशी ३, सिन्धुपाल्चोक
९४.प्रसिद्ध पाँचपोखरी तिर्थस्थल पदमार्ग निर्माण, सिन्धुपाल्चोक
९५.महादेब शिवालय मन्दिर निर्माण बलेफी १, सिन्धुपाल्चोक
९६.बुंगाथलीमा चैत्य निर्माण, त्रिपुरासुन्दरी, २ बुंगाथली, सिन्धुपाल्चोक
९७.साङाजुङ गुम्बामा पूर्वाधार निर्माण जुगल गापा ६ घिचे, सिन्धुपाल्चोक
९८.श्री गोल्मा भिमसेन गुठी, बाह्रविसे नपा-८, सिन्धुपाल्चोक गुठी मर्मत, सिन्धुपाल्चोक
९९.सेरलिङ्गटासि उगेलिङ्ग गुम्बा बाह्रबिसे न.पा. -८, सिन्धुपाल्चोक
१०० मगर गुम्बा बानपा -१, सिन्धुपाल्चोक
१०१.लटेस्वर मन्दिर जिर्णोद्धार त्रिपुरासुन्दरी २, सिन्धुपाल्चोक
१०२.भट्टे मन्दिर पूनर्निर्माण बाह्रविसे ९, सिन्धुपाल्चोक
१०३.टासी उर्गेन गुम्बा मर्मत सुधार सुनकोशी ६, सिन्धुपाल्चोक
१०४.अधुरो गुम्बा निर्माण सम्पन्न भोटेकोशी गाउँपालिका दुगुना, सिन्धुपाल्चोक
१०५.लामा चिहान घाट सत्तल बनाउने सुनकोशी ५, सिन्धुपाल्चोक
१०६ उर्गेलिङ गुम्बा पूनर्निर्माण लिसङ्खुपाखर ७, सिन्धुपाल्चोक
१०७.केवालुङ घ्याङ गुम्बा निर्माण जुगल ३, सिन्धुपाल्चोक
१०८.निङ्मा पाल्देन गुम्बाको पूर्वाधार निर्माण, बलेफी ४ (डिपीआर भएको), सिन्धुपाल्चोक
१०९.सेतीदेवी मन्दिर अधुरो पूर्वाधार तथा सिंढि निर्माण, वलेफी ७, सिन्धुपाल्चोक
११०.बसन्तेश्वर महादेव मन्दिर संरक्षण पूर्वाधार निर्माण, सुनकोशी ७, सिन्धुपाल्चोक
१११.अधुरो वृद्धाश्रम निर्माण कार्य सम्पन्न, चौसा गढी, सानोसिरुवारी, सिन्धुपाल्चोक
११२.कपिलेश्वर महादेव मन्दिर, वलेफी १, सिन्धुपाल्चोक
११३.कुन्फ्यान छोयलिङ्ग गुम्बा, भोटेकोशी ५, सिन्धुपाल्चोक
११४.यांगार गुम्बा जुगल गापा ७, सिन्धुपाल्चोक
११५.जयबागेश्वरी पालचोकी माई मन्दिर हेलम्बु ३ मा घण्टा स्थापना, सिन्धुपाल्चोक
११६.सुनकोशी बजार क्रियापुत्री वस्ने भवन निर्माण, त्रिपुरासुन्दरी-३, सिन्धुपाल्चोक
११७.श्री विष्णु मन्दिर अधुरो निर्माण कार्य सम्पन्न गर्ने, बाह्रविसे ४ सानिपलाति, सिन्धुपाल्चोक
११८.सेतीदेवी मन्दिर अधुरो निर्माण सम्पन्न गर्ने, बाह्रविसे २, बगर सिन्धुपाल्चोक
११९.खडपुरेश्वर क्षेत्रमा शिव मन्दिर जिर्णोव्दार/पुन निर्माण इन्द्रावती-६ सिन्धुपाल्चोक
१२०.साँस्कृतिक पूर्वाधार निर्माण,पाँचपोखरी थाङपाल-१, बाँसखर्क, सिन्धुपाल्चोक
१२१.गुफा डाँडा जलवायु अनुकुलनका लागि डि.पि.आर.अनुसारको पूर्वाधार निर्माण मेलम्ची न.पा.-९ सिन्धुपाल्चोक
उद्योग तर्फ:
१२२.गलैंचा/कार्पेट निर्माण तालिम
१२३.जिल्ला लघु उद्यमी संघको सहकार्यमा लघु उद्यमी विकास मोडलमा नव उद्यमी श्रृजना गर्ने (महानगरपालिका बाहेक)
१२४.जिल्ला लघु उद्यमी संघको सहकार्यमा आवश्यकता पहिचानका आधारमा पूर्नताजगी र स्तरोन्नती सीप विकास तालिम (उत्पादन, उत्पादकत्व, गुस्तर, पूँजी, रोजगार)
१२५.वातावरण मैत्री कपडाको झोला तयारी सम्बन्धी तालिम
१२६.फरक क्षमता भएका(अपङ्गता भएका)हरुलाइ तालिम
१२७.घरेलु तथा साना उद्योग महासंगको सहजीकरणमा न.पा./गा.पा.(म.नपा./उ.म.न.पा. बाहेक) को सहकार्य तथा आर्थिक सहयोगमा हरेक स्थानिय तहमा महिलाका लागि सिप मूलक तालिम(सिलाइ बुनाइ, ब्युटी पार्लर तालिम बाहेक )
१२८.वस्तु विकास तथा प्रशिक्षण कार्यक्रम-कार्यविधि अनुसार संचालन गर्ने (रत्न पत्थर-धादिङ्ग, ढाका बुनाई-नुवाकोट, काष्ठकला र धातुकला-ललितपुर, बाँस निगालो-सिन्धुली, हाते कागज-सिन्धुपाल्चोक)
१२९.उद्योग संघ, घरेलु तथा साना उद्योग महासंघ र स्थानिय तहको सहकार्यमा औधोगिक उपज तथा बस्तुको बजारीकरणका लागि जिल्लास्तरीय औद्योगिक मेला प्रदर्शनी (महानगरपालिका वाहिर संचालन गर्ने)
१३०.स्थानीयतह संगको सहकार्यमा वजार क्षेत्रमा घरेलु. लघु तथा साना उद्योगको उपजहरु विक्री केन्द्र (कोशेली घर) निर्माण
१३१.साझा सुविधा केन्द्रको पूर्वाधार निर्माण
१३२.मुख्य-मुख्य पहाडि/हिमाली क्षेत्रका सार्वजनिक जग्गामा वजार घर निर्माण (महानगरपालिका र उपमाहानगरपालिका बाहेक)
१३३.सरकारी स्वामित्व भएको सिन्धुपाल्चोक जिल्लाको लामोसाँघु स्थित खरि उद्योग पुन संचालनका लागि प्रबिधि हस्तान्तरण तथा प्राबिधिक सहयोग
१३४.महिलाद्वारा संचालन हुने नया उद्योग स्थापनाको परियोजना प्रस्तावको आधारमा प्रोत्साहनका लागि प्रबिधि हस्तान्तरण
१३५.४० बर्ष उमेर मुनिका युवाद्वारा संचालन हुने कम्पनी /उद्योग कार्यालयमा दर्ता भएका वा दर्ता उन्मुख नया उद्योग स्थापनाको परियोजना प्रस्तावको आधारमा प्रबिधि हस्तान्तरण
१३६.समुदायद्धारा (साझेदारी) सञ्चालित छाला प्रशोधन गर्ने कम्पनी दर्ता वा उद्योग कार्यालयमा दर्ता भएका वा दर्ता उन्मुख नयाँ उद्योगलाई मेसिन सहयोग (लगानीकर्ता र सरकारको साझेदारीमा)
१३७.नव उद्यमीद्धारा संचालित उद्योगलाइ प्रविधि हस्तान्तरण सहयोग कार्यक्रम (लगानीकर्ताको साझेदारीमा)
१३८.कोभिड १९ वाट प्रभावित संचालनमा रहेका उद्योग/उद्यमी लाई स्तरउन्नतीको लागि प्रविधि हस्तान्तरण सहयोग (लगानीकर्ता र सरकारको साझेदारीमा)
१३९.गलैंचा/कार्पेट उद्योगका लागि प्रविधि हस्तान्तरण
१४०.जुगल क्षेत्रको उद्योग ग्राम क्षेत्रको जग्गा विकास तथा संरक्षण
बहुवर्षीय कार्यक्रम तर्फ:
१४१.तातोपानी क्षेत्र संरक्षण तथा पुनरुत्थान कार्यक्रम, सिन्धुपाल्चोक (अन्य सार्वजनिक निर्माण)
१४२.बम्फु वाफल खोला ताल तथा हरियाली विकास कार्यक्रम, सिन्धुपाल्चोक (अन्य सार्वजनिक निर्माण)
१४३.मुडे हिलस्टेश प्याकेज कार्यक्रम, सिन्धुपाल्चोक (अन्य सार्वजनिक निर्माण)
१४४.आ.व. २०७७/७८ मा खरिद सम्झौता भएको को भिडका कारण म्याद थप गरी कार्य सम्पन्न गर्नु पर्ने नेपेमसाल, भैरवकुण्ड तथा जुगल हिमाल क्षेत्रमा पर्यटकीय पुर्वाधार निर्माण (अन्य सार्वजनिक निर्माण)
१४५.आ.व. २०७७/७८ मा खरिद सम्झौता भएको कोभिड-19 का कारण म्याद थप गरी कार्य सम्पन्न गर्नु पर्ने सिन्धुपाल्चोकको भोटेकोशीमा समुदायमा आधारित पर्यटकीय पदमार्गमा पर्ने खोला किनारमा प्राकृतिक swimming pool निर्माण (अन्य सार्वजनिक निर्माण)
१४६.आ.व.२०७७/७८ मा खरिद सम्झौता भएको को भिडका कारण म्याद थप गरी कार्य सम्पन्न गर्नु पर्ने वाह्रविसेको सुनकोशीमा इको तथा मेडिटेसन पार्क, सिन्धुपाल्चोक (अन्य सार्वजनिक निर्माण)
१४७.बुढीचौर पर्यटकिय पार्कमा शौचालय लगायत अन्य पुर्वाधार निर्माण, सिन्धुपाल्चोक (अन्य सार्वजनिक निर्माण)
१४८.तौथली नमुना गन्तव्यमा पर्यटकीय भौतिक पूर्वाधार निर्माण (अन्य सार्वजनिक निर्माण)
१४९.पाँचपोखरीमा पर्यटकीय भौतिक पूर्वाधार निर्माण, पाँचपोखरी (अन्य सार्वजनिक निर्माण)
१५०.नेपेमसाल पर्यटकीय पदमार्ग पूर्वाधार निर्माण
Facebook Comments