काभ्रेको मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि संघ सरकार थप रकम पठाएको छ । काभ्रेको मण्डनदेउपुर नगरपालिका सहित देशका ४५ वटा स्थानीय तहको प्रशासनिक भवन निर्माण गर्न बजेट थप गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयले जनाएको छ ।
स्थानीय तहको प्रशासनिक भवन निर्माणका लागि बजेट कम भएर निर्माण गर्न नसकेका स्थानीय तहलाई थप रकम उपलब्ध गराइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मन्त्रालयले थप गरेको रकममा न्यूनतम २० लाखदेखि अधिकतम तीन करोड रुपैयाँसम्म छ । मण्डनदेपुउर नगरपालिकाका लागि थप १ करोड ५० लाख रूपैयाँ पठाइएको मन्त्रालयका प्रवक्ता अधिकारीले जानकारी दिनुभयो । मण्डनदेपुउर नगरपालिकाको प्रशासनिक भवन अहिले धमाधम बनिरहेको छ ।
जिल्लाको सबैभन्दा कान्छो नगरपालिका भएका कारण आफ्नै भवन छैन् । कम्तीमा दसैँसम्म पहिलो तल्लाको काम सकाएर भएपनि नयाँ भवनबाटै सेवा दिने गरि काम भईसकेको छ । अहिले नगरपालिका ब्यक्तिको घर
थप रकम प्रदान गरिएका स्थानीय तहमा बागमती प्रदेशका सबैभन्दा बढी १२ वटा रहेका छन् । सिन्धुपाल्चोक जिल्लाका जुगल गाउँपालिकालाई ५० लाख र इन्द्रावती गाउँपालिकालाई ९० रूपैयाँ थप रकम प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।
त्यसपछि क्रमस कर्णाली प्रदेशका आठ, गण्डकी प्रदेशका सात, लुम्बिनी प्रदेश र प्रदेश २ का पाँच–पाँच वटा तथा सुदूरपश्चिम प्रदेश र एक नम्बर प्रदेश चार–चार वटा रहेका छन् ।
Facebook Comments