Tuesday, February 7, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

एमाले काभ्रेको बैठक: दुबै अध्यक्ष अनुपस्थित, बाँस्कोटाको २ घण्टा २० मिनेट भाषण

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, राजनीति, समाचार, समाज
काभ्रे एमालेको भोली बस्ने जिल्ला कमिटी बैठक: ओली समूहको की, निर्वाचित सदस्यको ?
Spread the love
    

एमाले जिल्ला कमिटी काभ्रेको बैठक आज बसेको छ । बैठकको अध्यक्षता एमाले पार्टी ईन्चार्ज गोकुल बाँस्कोटाले गरेका थिए । बैठकमा नवौँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला अध्यक्ष टोक बहादुर वाईबा र समानान्तर कमिटीका अध्यक्ष अशोक कुमार ब्याञ्जु श्रेष्ठ उपस्थित भएन् ।

बैठकमा करिब ५५ जना जिल्ला कमिटी सहभागी भएको बताईएको छ । तत्कालिन एमालेका ६२ सदस्य मध्ये ५९ जना ओली समूहका छन् । आजको बैठकमा माओवादीबाट रिता ढकाल, बिनोद गौतम, अस्मिता बराईली, राज कुमार क्षेष्ठ, हरि खतिवडा, बिष्णु मिजार (सागर), कुलदेव अस्तानी मगर, सुन्दर खड्का लगायत १० जना सहभागी भएको बताईएको छ ।

एमाले काभ्रेको जिल्ला कमिटी ७२ जनाको बनेको छ । जसमा माओवादीबाट १० जना जिल्ला कमिटी सदस्य समाहित भएका छन् । साबिक एमालेको जिल्ला कमिटी ६३ जनाको थियो । जसमा जिल्ला कमिटी सदस्य हरिदेव गिरीको निधन भएपछि ६२ जनामा सिमित छ ।

बैठकमा बाँस्कोटा २ घण्टा २० मिनेट

बैठकमा दुबै समूहको अध्यक्ष उपस्थित भएन् । बैठकको अध्यक्षता पार्टी ईन्चार्ज गोकुल बाँस्कोटाले गर्नुभएको थियो । बैठकमा अरू वक्ता पनि थिएन् ।

पार्टी कार्यालय बनेपामा भएको बैठकमा ईन्चार्ज गोकुल बाँस्कोटाले २ घण्टा २० मिनेट बोलेका थिए । बैठकको सुरूवात देखि अन्तिम पनि बाँस्कोटाले गरेका थिए । बाँस्कोटाले १२:३० बजेदेखि २:५० निरन्तर बोलेका थिए ।

बाँस्कोटाले राष्ट्रिय राजनीति र जिल्लाको स्थितिका बारे निरन्तर २ घण्टा २० मिनेट आफ्नो भनाई राखेको बैठकमा सहभागी एक जिल्ला कमिटी सदस्यले बताए । बाँस्कोटाले आगामी निर्वाचन र पार्टीको भूमिकाको बिषयमा आफुलाई बढी केन्द्रित गरेका थिए ।

त्यस्तै पार्टीमा मावध कुमार नेपालले पारिरहेको अप्ठ्यारो र एमाले एकताको बिषयलाई पनि महत्व दिएका थिए । ‘आगामी निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्रको सम्भावित दृश्य देखि पार्टीमा माधव नेपाल समूहको भुमिका र एमाले एकताका बारे पछिल्लो प्रगतिका बिषयमा आफ्नो भनाई राख्नु भयो, यसले हामीलाई पनि पार्टीको आन्तरिक कुरा थाहा पाउन सजिलो भएको छ, ती जिल्ला कमिटी सदस्यले भने ।’

यस्तो छ बैठकको निर्णय
बैठकले पार्टी सदस्यता बिषयमा एउटा मात्रै निर्णय गरेको छ । सदस्यता नवीकरण गर्ने र नयाँ सदस्य वितरण गर्ने निर्णय गरेको हो । अन्य विषयमा बैठकले कुनै निर्णय नगरेको बताईएको छ ।

६ बर्षको लेबी मध्य ३ बर्षको मिनाहा गर्ने निर्णय गरेको छ । १० हजार ९ सय क्रियाशिल सदस्य रहेका छन् । जिल्लाको १३५ वटै वडाहरूमा सदस्य नवीकरण र नयाँ सदस्य वितरण गर्ने निर्णय भएको छ ।

एमाले काभ्रेको २०७२ साल मंसिरमा नवौँ जिल्ला अधिवेशन भएको थियो । माओवादीसंग एकता नहुँदा एकपटक बैठक बसेको थियो । २०७५ साल जेठ ३ गते माओवादीसंग एकता भएपछि एक पटक बैठक बसेका थियो ।

 

Post Views: 594

Spread the love
    

Facebook Comments

Next Post
भुम्लुका सिमान्तकृत समुदायलाई बंगुर वितरण

भुम्लुका सिमान्तकृत समुदायलाई बंगुर वितरण

पनौतीमा योजनाको अनुगमन तीव्र, ढिला सुस्ती नगर्न नगरप्रमुख न्यौपानेको निर्देशन 

पनौतीमा योजनाको अनुगमन तीव्र, ढिला सुस्ती नगर्न नगरप्रमुख न्यौपानेको निर्देशन 

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः हालसम्म यी खेलको भयो छिनोफानो

बृहत काभ्रे खेलकुद महोत्सवः अहिलेसम्म को कुन विधामा विजयी भए ?

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

२३ माघ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!