नवलपुर जिल्लाको गैडाकोट नगरपालिका वडा नम्बर ४ की २१ वर्षिया बिना सापकोटा ८ दिनदेखि बे’पत्ता छिन् । बिना असार १४ गते दिउँसो ४:३९ बजेदेखि बे’पत्ता रहेको उनको परिवारले जनाएको छ ।
बिनाको खोजी गरिदिन परिवारले प्र’हरीलाई आग्रह गरेको छ । खोजी जारी राखेपनि अहिलेसम्म कुनै अवस्था पत्ता लाग्न नसकेको प्र’हरीले जनाएको छ ।
बिनाका ५० वर्षीय बुबा जायेश्वर सापकोटाले लगातार खाजी गर्दासमेत छोरी अहिलेसम्म फेला नपरेको बताउनुभयो ।
गैडाकोटको जनक कलेजमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत बिना आधि घण्टामै फर्केर आउँछु भन्दै साथीसँग घरबाट निस्केकी थिइन् । १४ गतेकै राति साथीको मोबाइलबाट अन्तिमपटक परिवारसँग सम्पर्क भएका थियो । ‘पीर नगर्नु बुबा म आउँछु भनेकी थिई,’ बुवा जायेश्वर भन्छन्, ‘हराएको राति ३ पटक कुरा भएको थियो । त्यसपछि छोरीको आवाज सुन्न पाएको छैन ।
अनुसन्धानका क्रममा प्र’हरीले भरतपुरका एकजना युवालाई नि’यन्त्रणमा लिएको छ । गैडाकोट प्र’हरी प्रमुख प्र’हरी निरीक्षक लक्ष्मी पाण्डे खनालले एक जनालाई सोही दिन प’क्राउ गरेर चितवन प्र’हरीलाई बुझाइएको बताइन् ।
जिल्ला प्र’हरी कार्यालय चितवनका प्रवक्ता तथा डीएसपी सूर्यबहादुर थापाले पक्राउ परेका युवा बिनाका प्रेमी भएको खुलेको बताउनुभयो ।
घटना के थियो ?
बिना भरतपुर-४ यज्ञपुरीका सुजन (नाम परिवर्तन) सँग प्रेम सम्बन्धमा थिइन् । फेसबुकमार्फत चिनजान भएको ५ वर्ष भएको थियो । ९ महिना लण्डन बसेका सुजन दाजुको बिहेमा सहभागी हुन वैशाखतिर नेपाल आएका थिए । बेलाबखत बिनाको घरमा पुगिरहन्थे । सुजन असार १४ गते खाजा खाएर बिनाकै घरबाट निस्केका थिए ।
अर्की युवती डिना (नाम परिवर्तन) ले स्कूल पढ्दादेखि नै सुजनलाई मन पराउँथिन् । डिना र सुजनको घर करिब १ किलोमिटर आसपासमा पर्छ । सुजनसँगै भएका बेला नयाँ म्यासेज देखेपछि बिनाले नै डिनालाई भेट गराउन दबाब दिइन् । डिनाको घरमा पुर्याएर गफिएपछि बिना एक्कासी बेहोस बनिन् । सुजनले तत्कालै बिनाका बुबालाई गरे ।
‘एक्लै नछाड, सँगै ल्याऊ’ बुबाले भने । तर, होस खुलेपछि विना एक्लै चौविसकोठीतिर लागिन् । सुजन स्कुटर लिएर पछि लागे । अन्ततः सुजनले फकाएर विनालाई स्कुटरमा राखे । चौविसकोठीमा पुर्याएपछि चलाएको स्कुटर लैजान साथीलाई बोलाए । घर जान नमानेपछि सुजनले फेरी बुबालाई राति ८ बजेतिर फोन गरे ।
‘बाबा म आधा घण्टामा घर आइपुग्छु भनेर छोरीले भने पनि मन ढुक्क थिएन, तिमीले नै ल्याइदेउ, कि मै आउँछु भनेर उसलाई सम्झाएको थिएँ,’ विनाका बुबा जायेश्वर सम्झिन्छन् ।
विनालाई ‘एक छिन पर्ख’ भनेर सुजन चौबिसकोठीमा रहेको एटीएमतर्फ लागे । सुजनका अनुसार फर्केर आउँदा बिना त्यहाँ थिइनन् ।
‘बुबा, बिना हराइन्’ भन्दै सुजनको फोन पाएपछि बुबा जायेश्वर अटोमा चढेर नारायणगढ आए । सुजन अत्तालिदै अटो चढेर बिनाको घरनजिकैको चोकनेर पुगे । फेरि फोनमा कुराकानी भएपछि दुबै भेटिए । राति १२ बजेसम्म सडक छेउछाउमा खोजे, तर भेटेनन् । त्यसपछि बुबाले गैडाकोट प्र’हरीलाई खबर गरेर सुजन प्र’हरी नि’यन्त्रणमा परे ।
बिना र सुजन (परिवर्तित नाम) दुवैले आफ्नो फेसबुक आइडीमा रिलेसनसीपमा रहेको इन्फो राखेका छन् । बिनाको परिवार सुजनसँग बिहे गराउन तयार थियो । तर, केटापक्ष अहिल्यै बिहे गर्न नहतारिने पक्षमा थियो । केटापक्ष भने यी दुईबीच सम्बन्ध भए-नभएकोबारे अनभिज्ञ रहेको बताउँछन् ।
‘यो घटनाबारे म अनभिज्ञ छु, भोलिपल्ट साढे १० बजे तपाईको छोरा यहाँ छ भनेपछि बल्ल थाहा पाएँ,’ सुजनका बुबा भन्छन्, ‘अहिले दुबै परिवारले समन्वय गरेर बिनाको खोजी गरिरहेका छौँ ।’
२३ वर्षिय छोरा अरो’पित बनेकाले बिना सकुसल फेला परुन् भन्ने कामना गर्दै खोजविनमा लागेका छन् दुवै परिवार । भरतपुर, गैडाकोट, बुटवल लगायतका ठाउँमा खोजी भइरहेको छ ।
चितवनमै ११ दिनदेखि बे’पत्ता भएकी सुजिता भण्डारीको तीन दिनअघि श’व फेला परेको थियो । घटनाको सत्यतथ्य पत्ता लगाउन स्थानीयले आन्दोलन गरिरहेका छन् ।
साभार:नेपाल प्रेसबाट
Facebook Comments