Wednesday, August 17, 2022
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

काभ्रे र काठमाडौँमा जोर बिजोर हट्यो, तर सार्वजनिक बस बनेपामै रोकिए, यात्रुलाई सास्ती

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
काभ्रेको साँगा भञ्ज्याङमा सर्वसाधारणलाई सास्ती, नीजि गाडीलाई मस्ती, प्रशासन रमिते
Spread the love
    

काभ्रे र काठमाडौंमा जोरबिजोर प्रणाली हटेपनि लामो दूरीको यातायात काठमाडौँ प्रवेश गर्न भने नपाउने भएका छन् । काठमाडौं उपत्यकाका सिडियोहरुले लामो दुरीको यातायात काठमाडौँ प्रवेश गर्न नदिने निर्णय गरेपछि काभ्रे प्रशासनले काभ्रे सहित राजधानी पूर्वका जिल्लाबाट राजधानी प्रवेश गर्न आएका सबै सवारी साधनलाई बनेपामै रोकेको छ ।

साँगा नाकासम्म पनि यात्रुबाहक सवारी साधन चल्न नदिएपछि यात्रुले सास्ती निकै खेपिरहेका छन् । राजधानी पूर्वका पहाडी जिल्ला र भित्री मधेसबाट राजधानी प्रवेश गर्न खोज्ने यात्रुहरु बनेपामा ओर्लिएर हिँड्नु परेको छ । कतिपय यात्रुहरु भने बनेपाबाट ट्याक्सी प्रयोग गरेर साँगा नाका पार गर्ने गरेका छन् ।

सबै सार्वजनिक सवारी साधन बनेपाको चार दोबाटोबाटै फर्किने गरेको छ । ‘सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट राजधानी प्रवेश गर्ने अनुमति लिएका सार्वजनिक सवारी साधन मात्रै काठमाडौँ प्रवेश गरेका छन् । त्यसबाहेक अन्य सबै सवारी साधन बनेपा मै रोकिएका छन्, काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो ।’

काठमाडौँ प्रवेश गर्न नपाएपछि काभ्रेका कुनैपनि बस व्यवसायीहरुले नियमित क्यूमा बस चलाएका छैन् । ‘काठमाडौँ प्रवेश गर्नै दिएको छैन । कसरी नियमित क्यूमा बहस चलाउनु । प्रशासनले काठमाडौँ प्रवेश गर्न नदिएपछि ब्यवसायीहरू बस चलाउन मानिरहनु भएको छैन् काभ्रे बस ब्यवसायी प्रालिका अध्यक्ष बर्ण शाक्यले मिलिजुली खबरसँग भन्नुभयो ।’

काभ्रे र उपत्यकामा लगाइएको जोरविजोर प्रणाली हटेपछि अहिले राजधानी पूर्वका जिल्लाबाट राजधानी प्रवेश गर्न खोज्ने यात्रुबाहक बसको संख्या अरनिको र बीपी राजमार्गमा ह्वात्तै बढेको छ । तर ती सबै सवारी साधन बनेपामा नै रोकिएका छन् । त्यहाँबाट हिँड्दै भक्तपुर सम्म पुग्न यात्रुहरु बाध्य भएका छन् ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी पोखरेलले राजधानी प्रवेश गर्न चाहाने सार्वजनिक यातायातका साधनलाई जिल्ला प्रशासन कार्यालय काभ्रेले पास दिने बताउनुभयो । व्यवसायीहरूले राजधानी प्रवेश गर्न चाहनु भयो भने जिल्ला प्रशासन कार्यालयले पास दिन्छ । केहि सार्वजनिक बसहरुलाई पास दिईपनि सकेका छौं । मैले काठमाडौंका सिडियोहरुसँग छलफल पनि गरिसकेको छु । उहाँले तत्काल लामो दूरीको यातायातका साधनलाई काठमाडौँ प्रवेश गर्न नदिने जानकारी गराउनुभएको छ, काभ्रेका प्रजिअ पोखरेलले भन्नुभयो ।’

तर व्यवसायीहरुले भने निर्वाध रुपमा राजधानी प्रवेश गर्न पाउनुपर्ने अडान राखेका छन् । उनीहरुले पासको झन्झट नगरिदिन प्रशासन कार्यालयलाई आग्रह गरेका छन् । ‘कति सवारीसाधनको लागि पास माग्न जाने ? निर्वाध रुपमा हामीलाई काठमाडौँ प्रवेश गर्न दिनु पर्दछ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गराएर सवारी चलाउने जिम्मा हाम्रो हो, हामी यसमा कटिबद्ध छौ, काभ्रे बस व्यवसायी प्रालिका अध्यक्ष शाक्यले भन्नुभयो ।’

Post Views: 576

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेल-२ मा १२२ जना जेष्ठ नागरिक सम्मानित

धुलिखेल-२ मा १२२ जना जेष्ठ नागरिक सम्मानित

जुगल गाउँपालिकाद्वारा लिदी पहिरो पीडितका लागि गरिएको खर्च सार्वजनिक

जुगल गाउँपालिकाद्वारा लिदी पहिरो पीडितका लागि गरिएको खर्च सार्वजनिक

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
देउवा सरकारले बढायो पेट्रोल-डिजेलको मूल्य, बन्यो उच्च मूल्यको नयाँ रेकर्ड

भारतबाट तेस्रो पटक पनि घटेर आयो पेट्रोलको मूल्य, नेपालमा के हुन्छ?

३१ श्रावण २०७९, मंगलवार
मतदाता नामावली संकलन भोलिदेखि बन्द हुने

२०७४ को भन्दा यस वर्ष दल दर्ता कम, कति भए दर्ता ?

३१ श्रावण २०७९, मंगलवार
रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

रन्जीव श्रेष्ठद्वारा प्रदेश सांसदका लागि उम्मेदवारी घोषणा

३१ श्रावण २०७९, मंगलवार
मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

मण्डनदेउपुर नगरपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

३१ श्रावण २०७९, मंगलवार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!