काभ्रेको पनौती नगरपालिकाले धान बालीमा लागेको रोग पत्ता लगाउन आवश्यक नमुना कृषि अनुसन्धान परिषद् खुमलटार पठाएको छ । नगरपालिका कृषि तथा पशुपन्छी शाखाले किसानले आवश्यक नमुना खुमलटार पठाएको शाखा प्रमुख मणिप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
पनाैति नगरपालिकाका कृषि प्रविधिकको टोलीले नगरभित्रका क्षेत्रमा लगाएको धानका बिभिन्न जातमा देखिएकाे समस्या स्थलगत रुपमा निरीक्षण समेत गरिसकेका छन् । ‘हाम्रा प्राविधिकहरू सम्वन्धित क्षेत्रमै पुगेर निरीक्षण गरेर किसानलाई आवश्यक सल्लाह दिईसकेका छौँ, यसलाई थप फैलिन नदिन समयमै रोग पत्ता लगाउनु पर्ने भएकाले अनुसन्धानका लागि खुमलटार पठाएका छौँ, शाखा प्रमुख सापकोटाले भन्नुभयो ।’
नगरपालिकाले रोग लागेका धानका बोट नमुना परीक्षणका लागि कृषि अनुसन्धान परिषद ,प्लान्ट प्याथाेलाेजि प्रयोगशाला, खुमल्टार पठाएको हो । ‘हामी नमुना परीक्षणका लागि पठाईसकेका छौँ, नजिता जतिसक्दो छिट्टै पठाईदिन भनेका छौँ, किसानले धान बालीमा भोगेका समस्या समाधान नगरपालिका दृढतापूर्वक लागेको छ, शाखा प्रमुख सापकोटाले भन्नुभयो ।’
परीक्षणको नतिजा नआएसम्म थप अन्य ठाउँमा धेरै समस्या भएको रोग किरा लागेको धानको बोटको नमुना सहित सम्बन्धित किसान आफै नगरपालिकाको कृषि तथा पशुपन्छि शाखामा सम्पर्क राख्न नगरपालिकाले आग्रह गरेको छ । ‘अनुसन्धानको नतिजा आउँदै गर्छ, शाखा प्रमुख सापकोटाले भन्नुभयो, धान बालीलाई सम्भावित ठुलाे नाेक्सानीबाट हामी जोगाउनु छ ।’
यो पनि पढ्नुहोस्
पनौती क्षेत्रको धान बालीमा सिड ब्लाईटकाे लक्षण देखियो, विषादी छर्न नगरपालिकाले सुझायो
Facebook Comments