काभ्रेको बनेपा नगरपालिकाले अनुदानमा बाख्रा र बोका वितरण गरेको छ । नगरप्रमुख लक्ष्मीनरिसंह बादे र उपप्रमुख रेखा दाहालले आज वडा नम्बर ५ मा एक कार्यक्रमको आयोजना गरी बाख्रा र बोका वितरण गर्नुभएको हो ।
बाख्राको साना ब्यवसायीकरण कृषि उत्पादन (पकेट) विकास कार्यक्रम अन्तर्गत बाख्रा र बोका वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले ७५ प्रतिशत अनुदानमा बाख्रा र बोका वितरण गरेको हो ।
५, ९, १३ का ४५ जना किसानलाई १-१ वटा बाख्रा र वडानं ५ मा एक बाेयर बाेका वितरण गरिएको नगरपालिकाको पशुपन्छी शाखाले जनाएको छ ।
Facebook Comments