Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

बीपी राजमार्गको काभ्रे खण्ड अवरुद्ध

मिलिजुली खबर by मिलिजुली खबर
१२ महिना अगाडि
in गृहपृष्ठ, समाचार, समाज
बीपी राजमार्गको काभ्रे खण्ड अवरुद्ध
Spread the love
    

अविरल वर्षासंगै आएको भेलबाढीले बीपी राजमार्ग अन्तर्गत काभ्रे खण्ड अवरुद्ध भएको छ । आज रातिदेखि राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाका विभिन्न खहरे र खोल्सामा आएको बाढीले राजमार्ग अवरुद्ध भएको हो ।

माम्ति र भ्याकुरे खोलामा लेदो सहित बाढी आउँदा वीपी राजमार्ग अवरुद्ध भएको जिल्ला प्र हरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिनुभयो । राजमार्ग अवरुद्ध भएपछि राजधानीबाट पूर्वी पहाड र तराईका जिल्ला हिँडेका सवारी साधन बिचमै अलपत्र परेका छन् ।

त्यस्तै राजधानी आउदै गरेका सबै सवारी साधन बिचैमा रोकिएका छन् ।’माथिबाट निरन्तर लेदो सहितको बाढी आइरहेको छ । बाढी कम नहुँदासम्म लेदो हटाउन सक्ने अवस्था छैन् । तर पनि राजमार्ग खुल्लान प्रयास भैरहेका छन्, डिएसपी खतिवडाले मिलिजुली खबरसंग भन्नुभयो ।’

मान्ति खोलाले बर्षेनी बीपी राजमार्ग अवरुद्ध पार्दै आएको छ । तर समाधानको उपाय भने अपनाइएको छैन् । हिउँदमा सुक्ने र बर्खामा उर्लिने मान्ति खोलामा पुल समेत छैन् । राजमार्गबाटै खोला बग्ने गरेको छ । जसका कारण वर्षैपिच्छे यात्रुले हैरानी खेप्दै आएका छन् ।

वीपी राजमार्गको काभ्रे खण्डका खोल्साहरूमा कज्वे मात्रै बनाईएको छ । भीमखोरी, मंगलटार लगायतको माथिल्लो भागमा पानी पर्न थालेपछि बीपी राजमार्ग प्रायः अवरूद्ध हुँदै आएको छ ।

निरन्तरको बर्षाले काभ्रे जिल्लाको अधिकांश भित्री सडकहरू पनि अवरुद्ध छन् । अरनिको राजमार्गको काभ्रे खण्डमा भने अहिलेसम्म कुनै समस्या नरहेको डिएसपी खतिवडाले बताउनुभयो ।

Post Views: 452

Spread the love
    

Facebook Comments

Next Post
बनेपाबाट बालक हराए

बनेपाबाट बालक हराए

अबरूद्ध बीपी राजमार्गमा एक तर्फी सवारीसाधन सञ्चालन

अबरूद्ध बीपी राजमार्गमा एक तर्फी सवारीसाधन सञ्चालन

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार
मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

मण्डनदेउपुर नगरपालिकाको आकर्षक नीति तथा कार्यक्रम, कृषि र पर्यटन पहिलो प्राथमिकतामा

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!