काभ्रेको बनेपा नगरपालिका वडा नम्बर १३ र १० को संगम स्थल नाङ्गे डाँडामा बन्न लागेको अत्याधुनिक फिल्म सुटिङ स्टुडियोको सार्वजनिक सुनुवाई गरिएको छ ।
आज अत्याधुनिक फिल्म सुटिङ स्टुडियोको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आईई) का विषयमा सार्वजनिक सुनुवाई गरिएको वडा नम्बर १० का वडाध्यक्ष चन्द्र बहादुर खड्काले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्घब केसिको प्रमुख आथिथ्यमा भएको कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष खडका, वडा नम्बर १३ का वडाध्यक्ष सुर्य नारायण नापित, राष्ट्रिय चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल सहभागी हुनुभएको थियो ।
त्यसैगरि बनेपा नगरपालिका कार्यपालिका सदस्य सुरेन्द्र भुजेल, वडा नम्बर १० र १३ का वडा सदस्यहरु, बाताबरण बिज्ञहरु, दुबै वडाका समाजसेवी र स्थानीयहरू सहभागी भएका थिए ।
पूर्व मन्त्री गोकुल बाँस्कोटाको विशेष पहलमा नाङ्गे डाँडामा अत्याधुनिक फिल्म सुटिङ स्टुडियो निर्माण गर्न संघीय सरकारले सुरु गरेको हो ।
Facebook Comments