नेपालमा कोरोना भाइरसका बिभिन्न भेरियन्ट तीब्र रूपमा फैलिएको छ । हजारौको ज्यान सकेको छ । के उमेर, के बर्ग, के जात, के धन, के लिङ्गी, के पेशा कसैलाइ छाडेको छैन ।
२०७७ बर्षदेखि नेपालमा प्रबेश गरेको यो महामारीले देश बिदेश सबैका अर्थतन्त्रको जरो उखेली सकेको छ । करौडौ ब्यबसायी उद्योगी र जागिरेहरु रोगले भन्दा पनि यसले पारेको आर्थिक, सामाजिक असरले आ’त्मह’त्या गरि जीवनलिला त्याग गर्ने भै सकेका छन् ।
कयौँ मानिस मानसिक समस्याबाट गुज्रिन बिवश छन् । विश्वभर महामारिको रुपमा बिस्तारित यो भाइरसबाट अन्तत म पनि अछुतो रहन सकिन् ।
२०७८/३/११ गते साँझसम्म म आफ्नो जीवनकर्म तिरै सुरक्षित समर्पित नै थिए । बेलुकाको खाना खाए । सदा झै बिस्तारामा पल्टिए । उज्यालो हुनै लाग्दा हल्का आँखा खुले । बिउझिदा हल्का टाउको दुखेको महशुस भयो । बाहिर पानी झम झम पर्दै थियो ।
पानी परेरै होला जिउमा चिसो पना महशुस भयो ब्ल्यान्केट च्यापेरै बिहानको ९:३० सम्म ओछ्यानमै पल्टिरहे । सायद पानी नपर्दो हो त बाइक हुइक्याउदै चिया पसल झर्थे होला । केही क्षणमै शरिरमा तापमान बड्दै थियो ।
श्रीमतिलाइ थर्मोमिटर र अक्सिमिटर बाबा को कोठाबाट ल्याउन भने । अनि चेक गरे १ घण्टा भित्रै मेरो शरीरमा १०३ डिग्री फरेनहाईट ज्वरो आइसकेको रहेछ । अक्सिजनको मात्रा भने ९६ थियो ।
दिनमान ज्वरो घटेन । घरमा भएको एक चक्की सिटामल खाँए एक/ आधा घण्टामा बिछ्याउना सबै चुर्लुम्म भिज्ने गरि पसिना बग्यो । घरका अन्य सदस्यहरू असारको चटारो भएकाले बाबा बाहेक सबै खेतमा गएका थिए । बाबा दमको रोगी । बसेको ठाउँबाट उठ्न सक्नु हुन् ।
बाबालाई पनि शिर मेमोरियल अस्पतालको सघन उपचार कक्षमा उपचार गराए घर लगिएको थियो । नियमित जसो बुवालाई अक्सिजन जोडिराख्नु पर्ने छ । त्यसैले आफुलाइ ज्वरो आएको भन्न सकिन । बेजोड पानी तिर्खा सहेर परिवारको बाटो कुरिरहे ।
साझ श्रीमती कोठामा आइन । म ५/६ घण्टामै बेहोस हुने स्थितिमा पुगिसकेको थिए । हताए हतार मलाइ छाम्दै श्रीमतीले पानी पट्टि गर्दिन थालिन् । मक्की सकेको हात गोडा समाती दिइन् । तातो पानी पिउन दिइन् ।
टाउको फुट्ला जस्तो गरि दुख्यो । दुबै आँखा बाहिर खस्ला जस्तै गरि रन्किएको थियो । जिउ दुख्ने, हात गोडा करकर खाने जस्ता लक्षणले म फत्रक फत्रक पर्न थाले । असारको महिना १/२ वटा उपभोक्ता समितिका धमाधम काम हुँदै थिए । अघिपछि मैले काममा सहजिकरण गर्दै गरेकाले धेरैको फोनको घण्टि बज्दै थिए ।
दिनभर कसैको फोन उठाउने आँट नै थिएन । क्रमश रात पर्न लाग्यो बिहान देखि बेलुकाको खाना च्याप्न पनि सकेको थिइन् । रातभर श्रीमती मलिन मुद्रामा मेरा हातगोडा समाउदै पानीपट्टी गर्दै अनिदो कुरुवा बसिन् । मलाइ ज्वरो घट्नु त के १०३/१०४ फरेनहाईटसम्म निरन्तर चल्यो ।
उज्यालो भयो स्वास्थ शाखाका कोभिड फोकल पर्सन दिपक घिमेरे सरले फोन गर्नु भयो । मेरो समस्या भने सरले पिसिआर परिक्षण गर्न आग्रह गर्नुभो । बिहानको १० बजे म स्वास्थ केन्द्र पुगे । मेरो आत्मिय भाइ राजु डोलेल ले मेरो स्वाब लिए । म घर फर्किए । सुते ।
साँझ ६:४५ मा मलाइ मेरो नम्बरमा म्यासेज आयो । हेरे मलाइ त कोभिड पो भएको रहेछ। झसङ भए। म यति आत्मबिश्वासी थिएकी स्वाब दिन जाँदा फर्कदा समेत मलाइ कोभिड हैन भन्ने दृढता थियो । अकल्पनिय नतिजाले म स्तब्द भए ।
झट्ट बाबालाई सम्झिएँ । भर्खर आइसियुबाट निकालेर ल्याएको । त्यो पनि दमको समस्या भएको नियमित अक्सिजन र औषधीले धानेको बाबालाइ केही भयो भने । मलाइ मेरो भन्दा बाबाको माया जागेर आयो ।
कमजोर शरीर । त्यो माथी आफै छाँगा माथिबाट खसेको भान भयो । हतास मनबाट नगरपालिकाले सन्चालन गरेको आईसोलेसन सेन्टर गएर बस्ने निर्णय गरे । बाबालाइ भन्न सकिन कोभिड पोजेटिभ भएको कुरा । छोरा छोरीलाई घुमाउरो भाषाबाट मेरो रुममा नछिर्न ढोका बन्द गरेर छोड्न भने । कुरा बुझिहाले ।
बच्चाहरु रुन लागे । बाबाले पुर्बानुमान गरि हाल्नु भो । बाबा रोएको हेर्न सकिन केही नबोली आईसोलेसनमा सम्म पुर्याउन एम्बुलेन्सका लागि कोभिड फोकल पर्सन दिपक घिमिरे लाई सम्पर्क गरे । एम्बुलेन्सलाई घर मुनिको बजार मै बस्न भने । किन कि घरमै आउँदा परिवार झन आत्तिन्छन ।
बजार पुग्दा एम्बुलेन्स आईसकेको रहेछ । कोभिड सं’क्रमित निःशुल्क बोक्न नगरले संचालन गरेको त्यो एम्बुलेन्स भित्र रहदा धेरै कुरा मनमा खेले । पहिलो त नगर भित्रको को भिडका कारण यस नगरबाट मृ’त्युवरण गर्नेको संख्या झन्डै २० पुगिसकेको थियो ।
भर्खरै मेरो गुरु रामचन्द्र लम्सालले यो धर्तिबाट बिदालिनु परेको सम्झिए । त्यस्तै अन्य धेरै मान्छेका अघि पछि सुनिएका अनुभव सम्झिए । मन झनै डरायो । नगरले कस्तो ब्यबस्थापनमा पो चलाएको होला र आईसोलेसन भन्ने लाग्यो । मनमा अनेकन तर्कनाका ज्वारभाँटा चल्दै थिए ।
पत्तै नपाइ घर देखि ६ किमि दुरि पार गरि सकिएछ । भित्र प्रबेश गर्ना साथ स्वाथ्यकर्मीको स्नेहपुर्ण व्यवहारका साथ मेरो बिवरण राख्नुभो । बस्ने कोठाको प्रबन्ध मिलाइ दिनु भो । भित्र पसे । एक छिन टोलाए । अन्य ७ जना मित्रहरु पहिले देखिनै बस्नु भएको रहेछ ।
चीनजान गरे केही बेरमै थाहा पाए अघिल्लो बर्ष क्वारेन्टान बनाएको यो भवनमा सेवा बिस्तार गर्दै अहिले आईसोलेसनमा बिकसित गरिएको रहेछ ।
मेरो नगरपालिकाले कोरोना सं’क्रमितको उपचार गर्न बनाएको आईसोलेसन र म बसेको वार्ड देख्दा म अच्म्मित परे । मेरो नगरपालिकाको नेतृत्वले जस्तै चाह्यो भने यति राम्रो काम अरू नगरपालिकाले पनि गर्न सक्दा रैछन् भन्ने लाग्यो ।
यस्तो रहेछ मण्डनदेउपुर नगरपालिकाले सञ्चालन गरेको आईसोलेसन सेन्टर ।
१. सुचना, मनोरञ्जन, समय कटाउनका फ्री वाइफाइ र एलईडि टिभी ।
२. शान्त, मनोरम, सफा र रमणीय स्थान ।
३. भान्से सहितको मेस
४. आरामदायी कोठा, अत्याधुनिक बेडहरु, स्वच्छ खानेपानीको प्रबन्ध ।
५. स्वास्थ्यकर्मीको २४ सै घण्टा पहरा ।
६. नियमित प्रशासन शाखा र स्वास्थ शाखाको सुपरिवेक्षण ।
७. बैकल्पिक उर्जा, सौर्य लाइटको ब्यबस्था ।
८. लैङ्गिक र अपाङ्ग मैत्री भवन ।
९. कम्पाउड, कम्पाउन्ड भित्र मन्दिर ।
१०. सफा र स्वस्थ अनि रुचि अनुसारको खानपानको ब्यबस्था ।
११. आधुनिक उपकरणहरुको ब्यबस्था ।
१२. २४ सै घण्टा एमबिबिएस डाक्टर द्वारा सेवा प्रवाह ।
नगरपालिकाले होम आईसोलेसनमा हुने सं’क्रमित भेट्घाट गर्ने । प्रमुख टोकबहादुर वाईबा र उपप्रमुख निर्मला शाही कोरोना सं’क्रमितको घर दैलोमै पुगेर ढाढस दिइरहनु भएको छ। यसले पनि सं’क्रमितको मनोबल उच्च बनाएको छ ।
कोरोना भाईरसको पहिलो चरणमा विदेशबाट आउने नागरिकलाई जिल्ला मै पहिलो पटक क्वारेन्टाइनमा राखेर कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा उदाहरणीय काम गरेको मण्डनदेउपुर नगरपालिकाले यो पटक अर्को ऐतिहासिक निर्णय गरेको छ ।
कोरोना भाईरसको दोस्रो लहरलाई नियन्त्रण गर्न दुई ठाउँमा ७५ बेड क्षमताको आईसोलेसन सञ्चालन गरेको नगरपालिकाले कोरोना सं क्रमणबाट मृ त्यु भएकाको परिवारलाई ५० हजार रूपियाँ आर्थिक सहायता गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकको मृ त्यु भए १ लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । यसले कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि पहिलो घेरामा बसेर काम गर्ने कर्मचारीलाई हौसला प्रदान गरेको छ ।
नगरपालिकाले भूमिहीन तथा सुकुम्बासी नगरबासी कोरोना सं क्रमित भएर अस्पतालको आईसीयूमा उपचार गराउँनु परे २५ हजार रूपियाँ दिने निर्णय गरेको छ । त्यसै गरी भेन्टिलेटरमा राखेर उपचार गर्नु पर्ने नगरभित्र स्थायी रूपमा बसोबास गर्ने कोरोना सं क्रमितका लागि पनि २५ हजार रूपियाँ आर्थिक सहायता दिने निर्णय गरेको छ ।
कुशल ढकाल
मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७, काभ्रे
Facebook Comments