सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकाले वडा नम्बर ५ खोराङ बस्तीका बाढी पहिरोको कारण उच्च जो’खिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सारेको छ । खोराङका १६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको बाह्रबिसे नगरपालिकाका उपप्रमुख सुशिला पाख्रिनले बताउनुभयो ।
जो’खिममा रहेको बस्ती सुरक्षित स्थानमा सार्न ईलाका प्र हरी कार्यालय बाह्रबिसे पनि सहयोग गरेको थियो । १६ वटा टेण्डमा जो’खिममा परेका घरपरिवारलाई राखिएको छ ।
सुरक्षित स्थानमा सारिएको बस्तीमा पुगेर उपप्रमुख पाख्रिन र ईप्रका बाह्रबिसेका प्रमुख प्र’हरी निरीक्षक देबेन्द्र बहादुर शाहको टोलीले प्राकृतिक वि’पत्तिमा सुरक्षित हुने उपाय, घरेलु हिं’सा, बालयौन दुराचारका बारे स्थानीयलाई जानकारी गराएको छ ।
त्यसैगरि महिला माथी हुने यौन दुर्ब्यबहार, चो’री, लुट’पाट जस्ता अ’पराधिक घ टनाबाट कसरी सुरक्षित हुने उपाय स्थानीयलाई बताएको ईप्रका बाह्रबिसेका प्रमुख प्र’हरी निरीक्षक शाहले बताउनुभयो ।
Facebook Comments