काभ्रेमा कोरोना भाईरसका ५१ जना सं क्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ जनस्वास्थ्य अधिकृत डाक्टर नरेन्द्रकुमार झाका अनुसार आज ५९ जना नयाँ सं क्रमित थपिएका छन् ।
आज थपिएका संक्रमित मा सबैभन्दा धेरै पाँचखाल नगरपालिका ११ जना महिला र ३ जना पुरुष सं क्रमित भएका छन् । बनेपा नगरपालिकाका ७ जना महिला र ५ जना पुरुष, भुम्लु गाउँपालिकाका ९ जना महिला, खानीखोला गाउँपालिकाका ६ जना पुरुष र ३ जना महिला संक्रमित भएका छन् ।
त्यसैगरी धुलिखेल नगरपालिकाका दुई जना महिला र एकजना पुरुष, पनौती नगरपालिकाका चारजना महिला र ३ जना पुरुष, नमोबुद्ध नगरपालिकाका तीनजना महिला र बेथानचोक गाउँपालिकाका एक जना महिला र एकजना पुरुष सं क्रमित भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ९३ पुगेको छ । अस्पतालको आईसोलेसनमा ५४ जना रहेका छन् भने होम आईसोलेसनमा तीन सय ३९ जना रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
Facebook Comments