सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकाको आठौं गाउँसभा सकिएको छ । पालिका अध्यक्ष राजकुमार पौडेलले सभामा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति, कार्यक्रम र उपाध्यक्ष दावुटी शेर्पाले प्रस्तुत गर्नुभएको बजेट पारित भएसँगै गाउँसभा सकिएको हो ।
गाउँ सभाले ५३ करोड १३ लाख ३५ हजार रुपैँयाको बजेट पास गरेको छ । जसमा चालु तर्फ २८ करोड ३९ लाख ८१ हजार ५ सय रुपैयाँ र पूँजीगत तर्फ २२ करोड ६० लाख ५९ हजार ५ सय रुपैयाँ जम्मा रु ५१ करोड ४१ हजार रुपैयाँ रकम विनियोजित गरिएको छ ।
त्यसैगरी गाउँपालिकाबाट विभाजन हुने ३१ करोड ४५ लाख २३ हजार मध्ये पूर्वाधार तर्फ १५ करोड २६ लाख १४ हजार ५ सय रुपैयाँ, आर्थिक विकास तर्फ १ करोड ७३ लाख ८० हजार रुपैयाँ, सामाजिक विकास तर्फ ५ करोड ७० लाख ९९ हजार ५ सय रुपैयाँ छ ।
वातावरण तथा विपद् व्यवस्थापन तर्फ ९२ लाख रुपैयाँ, संस्थागत विकास, सेवा प्रवाह तथा सुशासन तर्फ १ करोड २ लाख रुपैयाँ, प्रशासनिक खर्च तर्फ ६ करोड ८० लाख २९ हजार रुपैँया रकम विषयगत क्षेत्र तर्फ विभाजन बिनियोजन गरिएको छ ।
अध्यक्ष रोजगार कार्यक्रममा ५० लाख रुपैयाँ बिनियोजन गरिएको छ । साथै मेलम्ची र हेलम्वूका बाढि पीडितका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने प्रस्ताव गरिएको छ । जसमा हेलम्वूका लागि ३ र मेलम्चीका लागि २ लाख रुपैयाँ रहेको छ ।
साथै गाउँपालिकाका कर्मचारीहरुबाट पनि बाढी पीडितका लागि १ लाख ४० हजार रुपैयाँ प्रदान गर्ने निर्णय भएको छ ।
Facebook Comments