पनौती नगरपालिकाको वडा नम्बर २ र १२ को पहिरो जोखिममा रहेका परिवारलाई तत्कालै सुरक्षित स्थानमा सारिने भएको छ । आज प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल नेतृत्वको जिल्ला विपद् ब्यवस्थापन समितिको अनुगमन समितिका पदाधिकारीले स्थगलत अवलोकन गरेर तत्कालै बस्ती सुरक्षित स्थानमा सार्न नगरपालिकालाई आग्रह गरेको हो ।
साबिकको जग्गा कम्तिमा दुई मिटर भाँसिएको छ । जुनसुकै बेला पनि पहिरोले जान सक्ने र ठूलो क्ष ति हुने अवस्था रहेकाले तत्काल बस्तीलाई सुरक्षित स्थानमा सार्न नगरपालिकालाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी पोखरेका अनुसार वडा नम्बर २ तर्फ एउटा पसल मात्रै सार्नु पर्ने छ । वडा नम्बर १२ तर्फ भने १०/१२ घरलाई सुरक्षित ठाउँमा सार्नु पर्ने अवस्था छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले पहिरोको जोखिममा रहेको स्थानका बारे थप अध्ययन गर्न विज्ञ टोली पठाइदिन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई आग्रह गरिने बताउनुभयो ।
‘यदि अहिले दुबै तर्फ धाँजा फाटेको जमिन पहिरोमा परिणतभयो भने खोला थुनिन्छ, ठूलो नोक्सानी बेहोर्नु पर्ने हुन् सक्छ, त्यसैले विज्ञ टोलीलाई अध्ययनको लागि बोलाउने छौँ, प्रमुख जिल्ला अधिकारी पोखरेलले भन्नुभयो ।’
Facebook Comments