चौथो राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा हेटौँडामा विविध कार्यक्रमसहित वृक्षारोपण गरिएको छ । बागमती प्रदेश सरकार, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले हेटौँडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा वृक्षारोपण दिवसका अवसरमा एक कार्यक्रम गर्दै नीजि वन क्षेत्रमा योगदान गर्ने व्यक्तिहरुलाई सम्मान र पुरस्कार समेत प्रदान गरेको छ ।
कार्यक्रमकाबिच नीजि वन संरक्षणमा योगदान गर्ने त्रिपुरासुन्दरी गाउँपालिका ६ धादिङकी थलकुमारी सिंखडा र मकवानपुरगढी गाउँपालिका ३ का गोपालप्रसाद संजेललाई नगद २५ हजारसहित सम्मान पत्र प्रदान गरिएको छ ।
कार्यक्रममा सरिक हुँदै उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मन्त्री सरेश नेपाल, प्रदेश सांसदहरु, कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुले वृक्षारोपण गर्नुभयो ।
चौथो राष्ट्रिय वृक्षारोपण दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपालले वन र वातावरण जनताका जीवनसँग जोडिएको भन्दै वनको विकास तथा वातावरण संरक्षणमा वृक्षारोपण अपरिहार्य रहेको बताउनुभयो । प्राकृतिक विपतिका घटना रोक्नका लागि पनि वृक्षारोपण अपरिहार्य रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रदेश सांसद मुनु सिग्देल, जुनेली श्रेष्ठ, मन्त्रालयका सचिव सिन्धु ढुंगाना, मातहतका सबै कार्यलय प्रमुख, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिती थियो । कार्यक्रममा वक्ताहरुले ठोष योजनाका साथ वृक्षारोपणका कार्यक्रम निरन्तर रुपमा गर्नुपर्नेमा जोड दिनुभयो ।
Facebook Comments