असार १ गते आएको अविरल वर्षासँगैको बाढीले क्ष’ति पुर्याएको सिन्धुपाल्चोकमा नेपाल प्र’हरीले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
प्र’हरीले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका विभिन्न स्थानमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको जिल्ला प्र’हरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
नेपाल प्र’हरी अस्पताल महाराजगंज काठमाडौका डाक्टर संजय विक्रम श्रेष्ठ सहित २१ जनाको स्वास्थ्यकर्मीको टोलीले नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
हेलम्बु गाउँपालिकाको वडा नम्बर ४ ग्यालथुम, चिलाउनेघारी, वडा नम्बर ६ ईचोक माध्यामिक विद्यालय, मेलम्ची नगरपालिका वडा नम्बर ११ को प्राथमिक स्वास्थ्य केन्द्र र जिल्ला प्र’हरी कार्यालयमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रममा प्र’हरी कर्मचारी ६६ जना, भुत पूर्व प्र’हरी कर्मचारी १२ जना, भुत पूर्व प्र’हरी कर्मचारीका परिवार १० जना, सर्वसाधारण ४८३ जना र कार्यालयको हि’रासत कक्षमा रहेका ४ जना थु’नुवाहरु समेत गरी ५७५ जनाको स्वास्थ्य जाँच, आवश्यक परामर्श तथा औषधी वितरण गरिएको छ ।
Facebook Comments