काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (क) बाट निर्वाचित सांसद लक्ष्मण लम्सालले जिल्लाको समग्र खेलकुद क्षेत्रको विकासमा सधै साथ र सहयोग हुने बताउनुभएको छ । आज धुलिखेलमा निर्माणधीन सामुदायिक खेलमैदान रंगशालाको अवलोकन गर्न पुग्नु भएका सांसद लम्सालले यस्तो बताउनुभएको हो ।
सांसद लम्सालले जिल्ला फुटबल संघका पदाधिकारीलाई भेटेर फुटबल खेलमा जिल्लाको प्रगतिका बिषयमा समेत जानकारी लिएको अनुगमन टोलीमा रहनुभएका युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाहले बताउनुभयो ।
सांसद लम्सालको विशेष पहलमा धुलिखेलमा निर्माणधीन सामुदायिक खेलमैदान रंगशालाका लागि अघिल्लो आर्थिक बर्ष २५ लाख बजेटको काम सकिसकेको भने चालु आर्थिक बर्ष २५ लाख बजेटको काम भैरहेको छ ।
‘खेल क्षेत्रको विकासका लागि मैले कस्तो खाल सहयोग गर्दा जिल्लालाई फाईदा पुग्छ, तपाईहरू दीर्घकालीन योजनाका साथ अघि बढ्नुस, जिल्लाबाट फुटबल खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडी उत्पादन गर्नु पर्दछ, सांसद लम्सालले भन्नुभयो ।’
सांसद लम्सालले धुलिखेलमा निर्माणधीन सामुदायिक खेलमैदान रंगशालाका आगामी आर्थिक वर्ष पनि आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ‘खेलाडीका लागि राम्रो खेलमैदान हुन आवश्यक छ, यो खेलमैदानलाई सुविधा युक्त बनाउन आवश्यक छ, त्यसका लागि आर्थिक स्रोत जुटाउन पहल गर्नेछु, सांसद लम्सालले जिल्ला फुटबल संघका पदाधिकारीसँग भन्नुभयो ।’
Facebook Comments