काभ्रेको पाँचखाल नगरपालिकाले किसानलाई भैँसीको पाडी वितरण सुरू गरेको छ । नगरपालिकाले वडा नम्बर ५ बाट पाडी वितरण सुरू गरेको नगरप्रमुख महेश खरेलले बताउनुभयो ।
नगरपालिकाले वडा नम्बर ५ का ६० जना किसानलाई पाडी बितरण गरेको हो । नगरपालिकाले किसानलाई लागत साझेदारीमा भैँसीको पाडी वितरण सुरू गरेको हो ।
‘नगरका कृषकहरुलाई आत्मनिर्भर बनाउन ५० प्रतिशत अनुदानमा उन्नत जातका पाडी बितरण शुरु गरेका छौँ, नगरप्रमुख खरेलले भन्नुभयो ।’
नगरपालिकाले चालु आर्थिक बर्षमा वडा नम्बर ५ सहित वडा नम्बर ३, वडा नम्बर ६ र वडा नम्बर १३ मा गरी १ सय ५४ पाडी बितरण गर्ने भएको छ ।
Facebook Comments