काभ्रे एकैदिन ११६ जना सं क्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज २३ जना मात्रै कोरोना सं क्रमित थपिएका छन् ।
सबैभन्दा बढी पाँचखाल नगरपालिकामा थपिएका छन् । पाँचखालमा ४ जना पुरुष र २ जना महिला रहेका छन् । बनेपा नगरपालिकामा ३ जना महिला र २ पुरुष रहेका छन् ।
धुलिखेल नगरपालिकामा ३ जना पुरुष र २ जना महिला, नमोबुद्ध नगरपालिकामा १ जना महिला, पनौती नगरपालिकामा २ जना महिला, खानीखोला गाउँपालिकामा १ महिला र महाभारत गाउँपालिकामा १/१ महिला र पुरुषमा संक्रमण पुष्टि भएको छ ।
योसँगै जिल्ला कोरोना भाईरसको सक्रिय सं क्रमितको संख्या ४५९ जनामा झरेको छ । जसमा होम आईसोलेसनमा ४१० जना र अस्पतालको आईसोलेसनमा ४९ जना रहेका छन् ।
Facebook Comments