अघिल्लो बर्षहरू कृषिलाई बढी महत्व दिएको पनौती नगरपालिकाले यो पटक स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको छ । पनौती नगरपालिकाको नवौं नगर सभाबाट आर्थिक ०७८/७ ९का लागि पारित भएका नीति तथा स्वास्थ्य तर्फ त्यस्ता कार्यक्रम ल्याइएका छन्, जसले नगरपालिकाको दीर्घकालीन महत्व बोकेको छ ।
यी हुन् २५ कार्यक्रम
१. नगर अस्पताल निर्माण तथा सञ्चालन
२. पनौती स्वास्थ्य चौकीमा स्वास्थ्य भवन निर्माण
३. सुन्थान स्वास्थ्य केन्द्र तल्ला थप
४. कलाँति भूमिडाँडा स्वास्थ्य चौकी बाँकी निर्माण
५. कुशादेवी स्वास्थ्य चौकी जग्गा ब्यवस्थापन बाँकी निर्माण
६. सुब्बागाउँ स्वास्थ्य चौकी मर्मत सम्भार
७. मेयर विपन्न नागरिक स्वास्थ्य बीमा कार्यक्रम
८ .को’भिडबाट मृ’त्यु भएका परिवारलाई राहत
९. कडा रोगीहरूलाई उपचार सहयोग
१०. मोतिबिन्दु नि:शुल्क उपचार
११. मानसिक रोगीहरूको नि:शुल्क औषधी उपचार
१२. महिला स्वास्थ्य स्वयंसेवक कार्यक्रम
१३. औषधी उपकरण प्रयोगशाला सामाग्री खरिद
१४. स्वास्थ्य संस्था सञ्चालन अनुदान
१५. गाउँघर/ खोप क्लिनिक बर्थिङ सेन्टर सञ्चालन प्रोत्साहन
१६. उपमेयर मातृ तथा नव शिशु कार्यक्रम
१७. वर्थिङ सेन्टर सुत्केरी प्रोत्साहन
१८. जेष्ठ नागरिक स्वास्थ्य/नसर्ने रोग/स्वास्थ्य शिविर
२०. को’भिड रोकथाम तथा नियन्त्रण व्यवस्थापन
२१. अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी/कर्मचारी प्रोत्साहन
२२. स्वास्थ्य सम्बन्धी अन्य कार्यक्रम
२४. रक्त सञ्चार भवन निर्माण सहयोग
२५. नगर अस्पताल जग्गा व्यवस्थापन
Facebook Comments