मण्डनदेउपुर नगरपालिका वडा नम्बर ८ को ढोडेनीमा पंहेली देवी मन्दिर बन्ने भएको छ । मन्दिरको आज नगरप्रमुख टोक बहादुर वाईबाले शिलान्यास गर्नुभएको हो ।
पंहेली देवी मन्दिर दनुवार समुदायको शीरमा रहेको छ । यो मन्दिर उपभोक्ता समिति मार्फत निर्माण हुने छ । ‘सबै समुदायको धर्म र संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व हो, नगरपालिका राज्यको एउटा अंग भएकाले हामीले नगरभित्र रहेका सबै समुदायको धर्म र संस्कृतिको संरक्षणमा जोड दिईरहेका छौँ, नगरप्रमुख वाईबाले भन्नुभयो ।’
शिलान्यास कार्यक्रममा नगरपालिकाका सल्लाहकार गोकुल गौतम, वडा नम्बर ६ का वडाध्यक्ष एवं नगर प्रबक्ता डिल्ली प्रसाद आचार्य, वडा नम्बर ८ का अध्यक्ष झलक प्रसाद पौडेल लगायत सहभागिता हुनुभएको थियो ।
Facebook Comments