काभ्रेमा १६३ जना सं क्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ जनस्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज ४३ जना मात्रै कोरोना भाइरसको सं क्रमित थपिएका छन् ।
आज थपिएका कोरोना सं क्रमित मा सबैभन्दा धेरै बनेपा नगरपालिकाका रहेका छन् । बनेपामा १५ जना पुरुष र ७ जना महिलामा कोर्न सं क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।
यस्तै धुलिखेल नगरपालिकामा ४ जना महिला र ३ जना पुरुष, पनौती नगरपालिकामा दुईजना महिला र एकजना पुरुष, बेथानचोक गाउँपालिकामा महिला र पुरुष दुईजना भुम्लु गाउँपालिकामा एकजना पुरुषमा सं क्रमण पुष्टि भएको छ ।
नमोबुद्ध नगरपालिकामा एकजना पुरुष, तेमाल गाउँपालिकामा एक जना पुरुष, पाँचखाल नगरपालिकामा १/१ महिला र एकजना पुरुष र खानीखोला गाउँपालिकामा एक जना पुरुषमा सं क्रमण पुष्टि भएको छ ।
योसँगै जिल्लामा सक्रिय सं क्रमितको संख्या ६ सय ३० मा झरेको छ । जसमध्ये अस्पतालकोे आईसोलेसनमा ५८ जना र होम आईसोलेसनमा ५७२ जना रहेका छन् ।
Facebook Comments