काभ्रे भुम्लु गाउँपालिकाले इन्द्रावती र सुनकोसी नदीको बाढीबाट थप क्ष ति हुन नदिन इन्द्रावती र सुनकोशी नदीमा जाली भर्ने निर्णय गरेको छ । आज बसेको गाउँकार्यपालिका बैठकले दोलालघाट बजेरको बस्ती जोगाउन आवश्यक जाली गाउँपालिकाले दिने निर्णय गरेको हो ।
त्यस्तै दोलालघाट वारी र पारी ढुङ्गा खरिद, ढुवानी र जाली भर्ने कार्यको लागि ६/६ लाख रुपैयाँ निकासा दिने गाउँपालिकाले निर्णय गरेको छ ।
बैठकले असार १ गते इन्द्रावती नदीमा आएको बाढीले दोलालघाटमा पुरिएका घरलाई स्थानान्तरण गर्न ५०/५० हजार रुपैयाँ दिने निर्णय पनि गरेको छ ।
Facebook Comments