Tuesday, February 7, 2023
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home अर्थतन्त्र

धुलिखेल नगरपालिकामा अब टोल विकास समिति सक्रिय पारिने-नगरप्रमुख ब्याञ्जु

मिलिजुली खबर by मिलिजुली खबर
२ बर्ष अगाडि
in अर्थतन्त्र, गृहपृष्ठ, समाचार, समाज
धुलिखेल नगरपालिकाले दिएको ‘छुट र सहुलियत’ यस्ता छन्
Spread the love
    

धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठले अब सबै विकास निर्माणको काम टोल विकास समितिमार्फत गरिने बताएको छ । यसअघि उपभोक्त समिति मार्फत काम गर्दै आएकोमा अब टोल विकास समितिले सबै विकास निर्माणको काम गर्ने नगरप्रमुख श्रेष्ठको भनाई छ ।

आफू निर्वाचित भएर आइसकेपछि कुल विकास आयोजनाको जम्मा २२ वटा मात्रै ठेकेदारमार्फत गरिएको र बाँकी सबै उपभोक्ता समितिले काम सम्पन्न गरेको भन्दै नगरप्रमुख ब्याञ्जुले अबदेखि टोल विकास समितिलाई सक्रिय बनाउने र त्यसै अन्तर्गत विकास निर्माणका काम गरिने स्पष्ट पार्नुभयो ।

पटक पटक उपभोक्ता समिति बनाउने झन्झट समेत कम हुने नगरप्रमुखको ब्याञ्जुले बताउनुभयो । हरेक टोलमा एउटा टोल बिकास समिति हुनेछ । त्यो टोल विकास समितिमा प्रत्येक घरका एक जना सदस्य हुनेछन् । टोल विकास समितिले खानेपानी, सडक, शिक्षा, स्वास्थ्य लगायतका सबै विकास निर्माणका गतिविधि गर्ने नगरप्रमुख ब्याञ्जुले बताउनुभयो ।

नगरपालिका मातहत वडा कार्यालय, वडा कार्यालय मातहत टोल विकास समिति रहने अवधारणा अनुसार काम सुरु हुने उहाँको भनाई छ । स्थायी संरचना अन्तर्गत विकास निर्माणको कार्यक्रम गर्ने अवधारणा अनुसार टोल विकास समितिलाई सक्रिय बनाउन लागिएको नगरप्रमुख ब्याञ्जुले बताउनुभयो ।

टोल विकास समितिसँगको साझेदारी गर्नेबारे नीति समेत पास भइसकेको बताउँदै नगरप्रमुख ब्याञ्जुले समुदायमा आधारित विकासलाई थप बढावा दिन मद्दत पुग्ने उद्देश्यले टोल विकास समितिलाई क्रियाशील बनाउन लागिएको बताउनुभयो ।

उपभोक्ता समिति मार्फत काम गर्दापनि जनस्तरबाट व्यापक मात्रामा सहयोग भएको भन्दै उहाँले टोल विकास समिति मार्फत गरिने विकासले अझ धेरै दीर्घकालिन महत्व राख्ने स्पष्ट पार्नुभयो ।

‘धुलिखेल नगरपालिका प्रत्येक टोलमा सक्षम नागरिक हुनुहुन्छ । उहाँहरूमा विकासलाई दीर्घकालीन महत्वको साथ अघि बढाउने सोच छ । फेरि एकपटक टोल विकास समितिलाई सक्रिय बनाएर हामी स्थायी संरचना मार्फत नगरपालिकालाई नमूना बनाउँदैछौं, नगरप्रमुख व्याञ्जुले भन्नुभयो ।’

Post Views: 479

Spread the love
    

Facebook Comments

Next Post
धुलिखेलका २ जना कोरोना संक्रमितको निधन

काभ्रेमा ७८ जना निको भए, ४१ जना थपिए

कांग्रेसद्वारा पनौती नगरापालिकाको नगरसभा बहिष्कार 

कांग्रेसद्वारा पनौती नगरापालिकाको नगरसभा बहिष्कार 

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

समस्याग्रस्त घोषित ओरेण्टल कोअपरेटिभ लिमिटेडको अवस्था

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः हालसम्म यी खेलको भयो छिनोफानो

बृहत काभ्रे खेलकुद महोत्सवः अहिलेसम्म को कुन विधामा विजयी भए ?

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

बृहत काभ्रे खेलकुद महोत्सवः भलिबल तर्फ खानीखोला र महाभारतको भेट फाईनलमा

२३ माघ २०७९, सोमबार
बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

बृहत काभ्रे खेलकुद महोत्सवः भोली दिउँसो बनेपामा समापन हुने

२३ माघ २०७९, सोमबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!