बाढीका कारण यातायात सम्पर्क टुटेको सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका केहि पुग्न सहज भएको छ । असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा आएको भिषण बाढीले पूर्ण अबरुद्ध बनाएको मेलम्ची हेलम्बु सडक अस्थायी रुपमा सञ्चालमा आएको हो ।
आईतबार साँझबाट मेलम्ची हेलम्बु सडक सञ्चालनमा ल्याईएको मेलम्ची क्षेत्रमा सांसद तथा स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रीका प्रमुख स्वकीय निर्मल बञ्जराले जानकारी दिनुभयो । बाढीले सडक अबरुद्ध बनाएपछि हेलम्बु क्षेत्रमा राहत तथा उद्धारमा समस्या भएकाले तत्काल सडक सञ्चालनमा ल्याईएको बञ्जराले बताउनुभयो ।
मेलम्ची बजारदेखि चनौटेसम्मको सडक सञ्चालनमा आएको छ । प्रमुख जिल्ला अधिकारी सहित जिल्ला बिपद ब्यवस्थापन समिति र स्थानीय सरकारले हेलम्बु क्षेत्रका नागरिकलाई आवश्यक राहत वितरण गर्न सहज बनाउन सडक सञ्चालन गर्न आग्रह गरेपछि मन्त्री तामाङले सडक संचालनको नेतृत्व लिनु भएको थियो ।
दुई दिनको प्रयत्न पश्चात चनौटेसम्म सडक जोड्ने कार्य सम्पन्न भएको युवा संघका नेता महेश चौलागाईले बताउनुभयो । त्यस्तै आज बिहन स्वास्थ्य मन्त्री तामाङ सहित काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य मेलम्ची क्षेत्रमा राहत सहयोगका लागि आउने तयारी रहेको मन्त्री तामाङले जानकारि दिनुभयो ।
महानगरले भगीनि सम्वन्ध स्थापना गरेको मेलम्ची नगरपालिकालाई दुई करोड, पाँचपोखरी र हेलम्बु गाउँपालिकालाई ५०/५० लाख रूपैयाँ सहयोग हस्तान्तरण कार्यक्रम रहेको छ ।
Facebook Comments