काभ्रेको मण्डनदेपुर नगरपालिका वडा नम्बर ७ हिगुवापाटीमा पुष्पलाल सामुदायिक भवन शिलान्यास गरिएको छ । भवनको प्रदेश सांसद लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई र नगरप्रमुख टोक बहादुर वाईबाले संयुक्त रुपमा शिलान्यास गर्नु भएको हो ।
भवन निर्माणका लागि यो बर्ष १७ लाख ५१ हजार रूपियाँ विनियोजन गरिएको उपभोक्ता समितिका अध्यक्ष बलराम सापकोटाले जानकारी दिनुभयो । हल सहितको भवन बन्ने छ । यो भवन निर्माणका बागमती प्रदेश सांसद लक्ष्मण लम्सालले १५ लाख रूपैयाँ विनियोजन गर्नुभएको हो ।
अध्यक्ष सापकोटाका अनुसार यो बर्ष एक ढलान गरिनेछ । करिब ३२ लाख बराबर लाग्ने अनुमान गरिएको छ । बागमती प्रदेश सरकारको पूर्वाधार कार्यक्रम अन्तर्गत भवन निर्माण थालिएको हो ।
कार्यक्रममा नगरप्रमुख वाईबा, वडा नम्बर ६ का वडाध्यक्ष एवं नगर प्रवक्ता डिल्ली आचार्य, अन्य वडाका वडाध्यक्ष सहितका जनप्रतिनिधि, नगरपालिकाका सल्लाहकार गोकुल गौतम, गैरसरकारी संस्था काभ्रेका अध्यक्ष टोक सापकोटा लगायत सहभागी हुनुभएको थियो ।
Facebook Comments