Saturday, June 25, 2022
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
मिलिजुली खबर
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
मिलिजुली खबर
No Result
View All Result
Home गृहपृष्ठ

यी हुन् सांसद हुमागाईको पहलमा बनेपा नगरपालिकाले सञ्चालन गर्ने योजना

मिलिजुली खबर by मिलिजुली खबर
१ बर्ष अगाडि
in गृहपृष्ठ, फिचर, समाचार, समाज
यी हुन् सांसद हुमागाईको पहलमा बनेपा नगरपालिकाले सञ्चालन गर्ने योजना
Spread the love
    

काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर २ प्रदेश निर्वाचन क्षेत्र (ख) का सांसद बसुन्धरा हुमागाईले आफ्ना निर्वाचन क्षेत्रमा गरेका प्रतिज्ञा पूरा गर्दै आउनु भएको छ । हुमागाईको पहलमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष बनेपा नगरपालिकाका लागि विषेश योजना छनोट गरेको छ ।

सांसद हुमागाईको निर्वाचन क्षेत्रमा बनेपा नगरपालिकाका १४ वटै वडा पर्छन् । सांसद हुमागाईले १४ वटै वडाका योजनालाई समेट्ने प्रयास गर्नु भएको छ ।

बनेपा नगरपालिकाले आफ्नो मातहतमा खर्च गर्न पाउने गरि प्रदेश सरकारबाट आएका केही योजनाहरु यस्ता रहेका छन :

प्रदेश सरकार मार्फत सशक्त अनुदान अन्तर्गत
बनेपा नगरपालिका वडा नम्बर ३ को ओडार ठुलोचौर खानेपानी आयोजनाका लागि बीस लाख रकम बिनियोजन गरिएको छ ।

बनेपा नगरपालिका वडा नम्बर १४ का लागि साँगा आशापुरी सडकका लागि पचाँस लाख रकम बिनियोजन गरिएको छ ।

बनेपा नगरपालिका वडा नम्बर २ को ठूलो ढुङ्गा देखि दोबाटोसम्मको सडक निर्माणका लागि बीस लाख, वडा नम्बर ३ का लागि मुहान थलि सडक निर्माणका लागि बीस लाख रकम बिनियोजन गरिएको छ ।

बनेपा नगरपालिका वडा नम्बर ९ मा राजदास सहायक मार्ग सडकका लागि बीस लाख, वडा नम्बर ४, २ र १ का लागि नाला पुलबजारबाट मुलीफाँट हुदै टिमुरे चौरसम्मको कृषि सडकका लागि बीस लाख रकम बिनियोजन गरिएको छ ।

बनेपा नगरपालिकासंगको समपुरक योजना अन्तर्गत
बनेपा नगरपालिका वडा नम्बर २ का लागि बासाझाङ नगरकोट सडक का लागि २ करोड बजेट रहेको छ ।

बनेपा नगरपालिका वडा नम्बर ३ पेवा गौडा थुमाचौर नन्दादेवी काभ्रेडाँडा बाटो सडकका लागि २ करोड, वडा नम्बर ६ का लागि कुइकेल मार्गका निम्ति २ करोड बजेट रहेको छ ।

बनेपा नगरपालिका वडा नम्बर ११ सिनागालका लागि विशेष योजना अन्तर्गत डिप बोरिङ खानेपानी योजनाको लागि ६० लाख बजेट बिनियोजन गरिएको हुमागाईका स्वकिय सचिव जयराम के सिले जानकारी दिनु भयो ।

साथै प्रदेशले अनुदानका रुपमा दिएको र पालिका आफैले खर्च गर्न पाउने गरि दुई करोड १४ लाख बिनियोजन भएको छ ।

यी योजनाहरु बनेपा नगरपालिकाले आफु अन्तर्गत प्रयोग गर्ने योजनाहरु हुन् । यस बाहेक प्रदेश मन्त्रालय, विभाग र जिल्लाका कार्यालयबाट खर्च हुने योजनाका विवरण केही दिनपछि सार्वजानिक गर्ने सांसद हुमागाईका स्वकिय सचिव केसिले बताउनु भयो ।

सांसद हुमागाईको पहलमा बनेपा नगरपालिकाले आगामी आर्थिक बर्ष कुल १० करोड २४ लाख रकम को योजनामा खर्च गर्ने छ । जसमा ७ करोड २४ लाख प्रदेश मार्फत अनुदान रहने छ भने साझेदारी कार्यक्रममा तीन करोड रकम नगरपालिकाले खर्च गर्नु पर्नेछ ।

Post Views: 670

Spread the love
    

Facebook Comments

Next Post
काभ्रे जिल्लामै मण्डनदेउपुर न.पाले गर्यो कोरोना सं’क्रमितको पक्षमा ऐतिहासिक निर्णय

मण्डनदेउपुर नगरपालिकाले भन्यो 'असार २२ गते भित्र भुक्तानी लिईसक्नु'

हिगुवापाटीमा पुष्पलाल सामुदायिक भवन शिलान्यास

हिगुवापाटीमा पुष्पलाल सामुदायिक भवन शिलान्यास

ADVERTISEMENT
Plugin Install : Widget Tab Post needs JNews - View Counter to be installed
  • Trending
  • Comments
  • Latest
सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

सामाजिक अभियान्ता केशरी तामाङको ‘सिन्धु त पाल्चोक लेकैमा’ गीतको विमोचन

११ असार २०७९, शनिबार
काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

काभ्रेका ६ नगरपालिकाः कसको कति बजेट ?

११ असार २०७९, शनिबार
मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

मण्डनदेउपुरको सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन बनाइने

११ असार २०७९, शनिबार
पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

पाँचखालको १ अर्ब २९ करोड ९६ लाख ७६ हजार बजेट पास

१० असार २०७९, शुक्रबार

Popular Stories

Plugin Install : Popular Post Widget need JNews - View Counter to be installed

कार्यालयः धुलिखेल, काभ्रे
सुचना विभाग दर्ता नं. २७५६/२०७८–७९
Email: milijulikhabar.com

© 2020 your website प्रकाशित/सर्वाधिकार सुरक्षित

Post Views: 0
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • समाज
  • कृषि
  • विज्ञान
  • शिक्षा
  • अपराध
  • अन्तर्वार्ता
  • फिचर
  • खेलकुद
  • जीवनशैली
  • मनोरञ्जन
error: Content is protected !!