मेलम्ची नगरपालिकाले इन्द्रावती नदीमा आएको बाढीले मेलम्चीमा क्ष’तिग्रस्त बनाएको हेलम्बु गाउँपालिका जाने सडक निर्माण थालेको छ । सडक खुलाउने प्रयास स्वरुप नगरपालिकाले आजबाट काम सुरू गरेको हो ।
आजबाट मेलम्ची-हेलम्बु जोड्ने सडकको सिम्खेतमा निर्माण कार्य थालेको हो । साथै बाढीको कारण इन्द्रावती र मेलम्ची नदिले धार परिबर्तन गरेको र बस्तिमा छिरेकोले ग्याबिन्को स्पर निर्माण गरि मुलधारमा पठाउने कोशिस भैरहेको नगरपालिकाले जनाएको छ ।
असार १ गते राति आएको बाढीले मेलम्ची बजारको तल्लो भाग पूर्ण रुपमा बगरमा परिणत गराएको छ । दर्जनौँ घरहरू ढुवानमा परेको छ ।
१ गते राति देखि नै हेलम्बु गाउँपालिका सडक सम्पर्कबाट विच्छेद भएको छ । मेलम्ची बाढी बगाएको सडक खुलेपनि त्यस उताका बिभिन्न ठाउँमा सडक बाढीले कटान गरेको बताइएको छ ।
Facebook Comments