गाउँपालिकामा असार १ गते आएको बाढीले खोला छेउ र सडकका अधिकांश बस्ती बगाएको छ ।गाउँपालिकाले आज उक्त बाढीपछि भएको क्षतिको विवरण सार्वजनिक गरेको छ ।
पालिकाका अनुसार वडा नम्बर १ स्थित च्यूरिखर्क, तिम्बु, हाल्दे र अम्बाथानमा गरी करिब २८ घर टहराभित्र रहेका पशुचौपाय र खाद्यान्न सहित बगाएको छ ।
वडा नम्बर २ को पुरानो चनौटे बजार, मुक्तिटार, गणेशेबजार, किउल सम्म पूर्ण र आंशिक रुपमा घरटहरामा भएको क्षतिले ११३ परिवार विस्थापित भएका छन् । त्यस्तै वडा नम्बर २ किउलमा रहेको इलाका प्र हरीको नवनिर्मित भवन पनि बाढीले बगाएको छ ।
बाढीले वडा नम्बर ३ को भण्डारी सिममा रहेको तीनवटा घर बगाएको छ । यसैगरी वडा यसैगरी वडा नम्बर ७ मा रहेको चनौटे मुख्य बजार भित्र रहेका करिब २५ घर बाढीले बगाएको छ र अधिकांश घरहरु पूर्णरुपमा क्ष ति भएका छन् ।
Facebook Comments