सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकामा असार १ गते राति आएको बाढीमा गाउँपालिकाका १५ सहित २३ जना बे’पत्ता भएका छन् । आज गाउँपालिकाले आफ्नो आधिकारिक वेबसाइटमा वे पत्ताहरूको सूची सार्वजनिक गरेको हो ।
बे पत्ता हुनेमा दुई वर्षदेखि ९० वर्ष उमेर समूहका छन् । हेलम्बु गाउँपालिकाका मात्रै १५ जना छन् भने अन्य ८ जना मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा काम गर्ने मजदुर रहेको बताइएको छ ।
बे पत्ता हुनेमा हल्देका ३५ बर्षीय सुनिल तामाङ सोही वडाका ३५ वर्षीय पूर्ण तामाङ, चौकिदार ५० बर्षीय कामी तामाङ, उहाँका ८० आमा वर्षीय नोकी रहेको बताइएको छ ।
त्यसैगरी ज्ञानेन्द्र कक्षपतिको ट्राउट फर्म काम गर्ने ३५ वर्षीय महिला र उहाँका दुई वर्षीय छोराको नाम खुल्न सकेको छैन ।
किउलका ३१ वर्षीया माधव भण्डारी, चुरेटारका ४३ वर्षीय गणेश ज्योति, साँगाचोकगढी नगरपालिका घर भै हाल किउल बस्दै आएका २३ वर्षीय सुरेन्द्र नेपाल, पाल्चोक सेराका ६६ वर्षीया दिलकुमारी खड्का (टिका माया) पनि बे पत्ता रहेको गाउँपालिकाले जनाएको छ ।
५० वर्षीय च्याङ्बा तामाङ र उहाँका श्रीमती ४५ वर्षीया काली तामाङ, ४६ वर्षीय भीमप्रसाद भण्डारी, ९० वर्षीय तस्बिर तामाङ र ४५ वर्षीय ज्ञानेन्द्र कक्षपति बे पत्ता भएका छन् ।
त्यसैगरी गाउँपालिकाको वडा नम्बर १ अम्बाथान स्थित मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीनजना चाईनिज, तीनजना भारतीय र दुई जना नेपाली गरी आठ जना बेपत्ता भएको गाउँपालिकाले जनाएको छ ।
Facebook Comments