सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले सेमेसिदाङ हिमाल मुनिको भेमाथाङ्ग चौरको पहिरोले वितण्डा मच्चाएको बताएको छ । पालिकाले अझै उक्त चौरको पहिरो खस्न सक्ने भन्दै सजग सहन तल्लो तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।
भेमाथाङ्ग चौरको २५ भाग मात्रै पहिरो गएको र बाँकी ७५ प्रतिशत भाग पनि जोखिमा हुनसक्ने भन्दै अझ सर्तकता अपनाउन गाउँपालिकाले आग्रह गरेको छ ।
यद्दपी गाउँपालिकाले असार १ गते राति ७:३० बजे मेलम्ची खोलामा आकष्मिक बाढी आउँनु ठोस कारण भनेर पत्ता लागि नसकेको जनाएको छ ।
पालिकाले डाक्टर रविन राज निरौलाले गुगल मार्फत लिएको तस्बिरलाई आधार बनाएर मेलम्ची खोलामा आकष्मिक बाढी आउँनुको कारण वडा नम्बर १ को सेमेसिदाङ हिमाल मुनिको भेमाथाङ्ग चौरको पहिरो भनेको हो ।
Facebook Comments