काभ्रेको रोशी गाउँपालिकाले असार २० गते पछि आउने कुनै पनि योजनाको भुक्तानी गर्न नसक्ने जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहाल र लेखा अधिकृत सुमित्रा पौडेलले एक सूचना जारी गर्दै २० गते पछि आउने कुनै पनि योजनाको रकम भुक्तानी दिन नसक्ने बताउनुभएको हो ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा ७ दिन अगावै भुक्तानी लिई निकासा र खर्च अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था रहेकाले २० गते पछाडि संघ तथा प्रदेश सरकारबाट प्राप्त सशर्त, विशेष र समपुरक अनुदानको खर्च हुन नसकेको रकम यकिन गर्नुपर्ने सूचनामा भनिएको छ ।
असार २३ गतेभित्र रकम फिर्ता भौचरसहित कोष तथा लेखा नियन्त्रक कार्यालय धुलिखेलमा पेश गर्नुपर्ने र भुक्तानी माग गरिएका करकट्टीहरु समेत दाखिला गर्नुपर्ने तथा आर्थिक वर्ष २०७७/२८ को आयव्याय हिसाब मिलान गरी प्रतिवेदन गर्नुपर्ने भएकाले तोकिएको समय पछाडि पेश हुन आएका भुक्तानीका फाइलहरू उपर कुनै पनि का’रबाही नगरिने र गाउँपालिकाको कार्यालय जिम्मेवार नहुने प्रमुख प्रशासकीय अधिकृत दाहालले बताउनुभयो ।
Facebook Comments