जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे स्थित भोटेकोशी नदीको जलसतह सतर्कता तह पार गरेको भन्दै सजग रहन आग्रह गरेको छ । केहि बेर अघि सूचना जारी गर्दै विभागले भोटेकोशी नदीको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले नदी तटिय क्षेत्रमा सुरक्षित रहन आग्रह गरेको हो ।
जल तथा मौसम विज्ञान विभागले भोटेकोशी नदीको तटीय क्षेत्रमा भोलि बिहानसम्म सतर्क रहन आग्रह गरेको छ ।
Facebook Comments