धुलिखेल स्थित काठमाडौँ विश्वविद्यालय (केयु) ले आफ्ना केहि महत्वपूर्ण शाखाहरू पनौती नगरपालिकामा स्थापना गर्ने भएको भएको छ । यस बारे आज पनौती नगरपालिकामा केयुका उपकुलपति भोला थापा सहितका पदाधिकारी र प्रमुख भिम न्यौपानेले सहितको टोली बीच पहिलो चरणको छलफल भएको छ ।
पनौती नगरपालिकाको अनुरोधमा काठमाडौं विश्वविद्यालय (केयू) ले स्कूल अफ ल पुरै, स्कूल अफ मेडिकल साइन्सेज (धुलिखेल) को विशेषज्ञ अस्पतालकै रुपमा एउटा आउटरिच सेन्टर र स्कूल अफ इन्जिनियरिङको सिभिल (आर्किटेक्चर) को एउटा केन्द्र पनौती नगरपालिका क्षेत्रमा स्थापना गर्नेछ ।
बैठकले पनौती नगरपालिकाको केन्द्रको वरिपरि कम्तीमा १ सय रोपनी जग्गा स्कूल अफ लका लागि व्यवस्थापन, काथं गणेशस्थानसँगै विशेषज्ञ अस्पतालका लागि जग्गा र भवन निर्माणका साथै प्राचीन शहर पनौती बजारभित्रै आर्किटेक्चर इन्जिनियरिङ अध्ययनका लागि केन्द्र स्थापनाका लागि प्रारम्भिक कार्यहरु सुरु गर्ने सहमति गरेको छ ।
पनौती नगरपालिकाले केयुका पूर्वाधार विकास र शैक्षिक कार्यक्रमहरु सञ्चालनका लागि आवश्यक सबै सहयोग गर्ने नगर प्रमुख भीम न्यौपानेले प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
अब पनौती नगरपालिकामा केयुका स्कूल अफ मेडिकल साइन्सेजका प्रिक्लिनिकल स्कूल, फोक्सो उपचार केन्द्र, केयु हाइस्कूलका साथै स्कूल अफ ल पुरै, स्कूल अफ मेडिकल साइन्सेज (धुलिखेल) को विशेषज्ञ अस्पतालकै रुपमा एउटा आउटरिच सेन्टर र स्कूल अफ इन्जिनियरिङको सिभिल (आर्किटेक्चर) को एउटा केन्द्र स्थापना रहने भयो ।
बैठकमा केयुका उपकुलपति प्राध्यापक डाक्टर भोला थापा, रजिष्ट्रार प्राध्यापक डाक्टर सुबोध शर्मा,, स्कूल अफ मेडिकल साइन्सेजका डीन प्राडा राजेन्द्र कोजु, स्कूल अफ इन्जिनियरिङका डीन प्राध्यापक डाक्टर मनिष पोखरेल, स्कूल अफ लका निवर्तमान डीन डा. बिपिन अधिकारी हुनुहुन्थ्यो ।
त्यस्तै स्कूल अफ इन्जिनियरिङका एसोसियट डीन ब्रिजेश अधिकारी, स्कूल अफ मेडिकल साइन्सेजका एसोसियट डीन डा. दीपक श्रेष्ठ, केयु वित्त विभाग प्रमुख कुमार बराल, केयुका सामुदायिक व्यवस्थापन प्रमुख नभेन्द्र पौडेल, असिस्टेन्ट प्रोफेसर डा. अनुपजङ्ग थापा सहभागी हुनुहुन्थ्यो ।
यस्तै, नगरपालिकाका तर्फबाट आदरणीय नगर प्रमुख भीम न्यौपाने, उपप्रमुख गीता बन्जारा, वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी र स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमिल्सनाको सहभागिता रहेको थियो ।
बैठकमा नागरिक समाज र परामर्शदाता समूहका तर्फबाट पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापा, जनसम्पर्कका लागि पत्रकार मधुसुधन गुरागाईं, वातावरण इन्जिनियर सुजित कर्माचार्य, सिभिल इन्जिनियर सितु सैंजु पनि सहभागी हुनुभएको थियो ।
Facebook Comments